You are currently viewing एसपिए कैलाली प्रिमियर लिग –३ : लिग चरणको अन्तिम खेलमा वेदकोटले धनगढीलाई हरायो,भोली सेमिफाइनलका खेलहरु हुने /@KPL-3

एसपिए कैलाली प्रिमियर लिग –३ : लिग चरणको अन्तिम खेलमा वेदकोटले धनगढीलाई हरायो,भोली सेमिफाइनलका खेलहरु हुने /@KPL-3

फाल्गुन १२,धनगढी : धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग –३ अन्तर्गत समूह चरणको अन्तिम खेलमा वेदकोट नगरपालिकाले धनगढी उपमहानगरपालिकालाई पराजित गदैं शान्तवना जित निकालेको छ । धनगढी उपमहानगरपालिकाले दिएको ५९ रनको झिनो लक्ष्य वेदकोटले ७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । वेदकोटका लागि विवेक बोहराले ३४ तथा सागर रावलले १९ रन बनाए । धनगढीका लागि जनक नाथ र विशाल बिष्टले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको धनगढी उपमहानगरपालिकाले १५ं.५ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनाउन सक्यो । बिशाल बिस्टले १६ तथा अपी साउँदले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोर अंकको रन बनाउन सकेनन । धनगढीलाई सस्तैमा समेट्न वेदकोटका लक्षमण खडायतले ३ विकेट चट्काए । प्रयास चन्द र दिपक चन्दको नाममा समान दुइ दुई विकेट रह्यो । लक्षमण खडायत म्यान अफ दी म्याच चुनिए ।

Samarpanmedia

समूह डी को अन्तर्गत आजै भएको पहिलो खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ । भिमदत्तसँगै समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको त्रिवेणी नगरपालिका समूह विजेता बन्दै सेमिफाइनल पुगेका हुन । तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको थियो । लिग कम नकआउटमा खेलाइएको यो प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेलिरहेको छ ।

 

Samarpanmedia

फाल्गुन १३ गते अर्थात भोली पहिलो सेमिफाइनल बिहान ९ बजे समूह ए बाट विजेता बनेको कैलालीको गोदावरी नगरपालिका र समूह बी बाट विजेता बनेको कञ्चनपुरको पुनर्वास बी का बीचमा हुनेछ । त्यस्तै दोश्रो सेमिफाइनल भोली नै दिउँसो २ बजे समूह सी को विजेता बाजुराको त्रिवेणी नगरपालिका र समूह डी को विजेता टोली भिमदत्तका बीच हुनेछ । फाइनल खेल भने फाल्गुन १४ गते दिउँसो १ बजेबाट धनगढीको फाप्ला मैदानमा हुनेछ ।

Samarpanmedia 

जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सञ्चालन भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।

 

 

Leave a Reply