You are currently viewing एसपिए कैलाली प्रिमियर लिग-३ : आज एक बजेबाट उपाधि भिडन्त,कस्ले जित्ला २ लाख सहित आकर्षक ट्रफी ?

एसपिए कैलाली प्रिमियर लिग-३ : आज एक बजेबाट उपाधि भिडन्त,कस्ले जित्ला २ लाख सहित आकर्षक ट्रफी ?

फाल्गुन १४,धनगढी : धनगढीको फाप्लामा जारी तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास बी र भिमदत्त भिड्ने भएका छन । मंगलबार पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै दोश्रो सेमिफाइनलमा बाजुराको त्रिवेणी नगरपालिकालाई ३२ रनले पराजित गर्दै कञ्चनपुरको भिमदत्त नगरपालिका फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल आजै ठिक एक बजेबाट धनगढीको फाप्ला मैदानमा सुरु हुनेछ । पुनर्वास नगरपालिका बी को कप्तानी बिपिन रावलले गर्दैछन भने भिमदत्त नगरपालिकाको कप्तानी प्रकाश थापाले गर्दैछन ।

Samarpanmedia

जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सञ्चालन भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो ।

Samarpanmedia

प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५/ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।

 

Leave a Reply