You are currently viewing एसपिए कैलाली प्रिमियर लिग –३ : पुनर्वास बी ले जोरायल विरुद्ध बनायो प्रतियोगीताकै सर्वाधिक स्कोर / @KPL-3

एसपिए कैलाली प्रिमियर लिग –३ : पुनर्वास बी ले जोरायल विरुद्ध बनायो प्रतियोगीताकै सर्वाधिक स्कोर / @KPL-3

फाल्गुन ९,धनगढी : धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग – ३ मा जोरायल गाउँपालिकाको टिम विरुद्ध पुनर्वास नगरपालिका बी ले प्रतियोगीताकै सर्वाधिक स्कोर बनाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको पुनर्वास बी ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन बनाएको छ ।

पुनर्वास बी का लागि अघिल्लो खेलमा शतक प्रहार गरेका दिपक बोहराले आज पनि आक्रामक अर्धशतक प्रहार गरे । ४६ बल सामना गरेका बोहराले १० चौका र ३ छक्काको मद्दतले ८२ रन बनाए । त्यस्तै बसन्त सिंह कार्काीले ३१,आशिष लुहार २८,टेक रावतले २२ तथा सुवास ऐरले १० रन बनाए ।

जोरायल गाउँपालिकाको टिम अहिले २०० रनको लक्ष्य पछ्याइरहेको छ ।

Leave a Reply