You are currently viewing एसपिए कैलाली प्रिमियर लिग –३ : सेमिफाइनल समिकरण समिकरण पूरा,दुवै सेमिफाइनल खेल भोली नै हुने

एसपिए कैलाली प्रिमियर लिग –३ : सेमिफाइनल समिकरण समिकरण पूरा,दुवै सेमिफाइनल खेल भोली नै हुने

फाल्गुन १२,धनगढी : धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार सम्पन्न समूह डी को अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चौथो टोलीको टुंगो लागेको छ ।


यसअघि समूह ए बाट कैलालीको गोदावरी नगरपालिका,समूह बी बाट कञ्चनपुरको पुनर्वास बी र समूह सी बाट बाजुराको त्रिवेणी नगरपालिका समूह विजेता बन्दै सेमिफाइनल पुगेका हुन । तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको थियो । लिग कम नकआउटमा खेलाइएको यो प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेलिरहेको छ ।

Samarpanmedia

फाल्गुन १३ गते अर्थात भोली पहिलो सेमिफाइनल बिहान ९ बजे समूह ए बाट विजेता बनेको कैलालीको गोदावरी नगरपालिका र समूह बी बाट विजेता बनेको कञ्चनपुरको पुनर्वास बी का बीचमा हुनेछ । त्यस्तै दोश्रो सेमिफाइनल भोली नै दिउँसो २ बजे समूह सी को विजेता बाजुराको त्रिवेणी नगरपालिका र समूह डी को विजेता टोली भिमदत्तका बीच हुनेछ । फाइनल खेल भने फाल्गुन १४ गते दिउँसो १ बजेबाट धनगढीको फाप्ला मैदानमा हुनेछ ।

Samarpanmedia

भिमदत्तलाइ सेमिफाइनलमा पुर्याउन अरुण ऐरीले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका ऐरीले २० रन खर्चिदै ४ विकेट लिएभने ३ क्याच समेत समातेका हुन । उनी म्यान अफ दी म्याच चुनिए । लम्कीचुहा नगरपालिकाले दिएको ९७ रनको झिनो लक्ष्य भिमदत्तले १६ ओभरमा ५ विकेट गुमाउँदै ९९ रन बनाएर पूरा गर्यो । उस्का लागि साजन बिटालुले अविजित ३१ रनको आक्रामक इनिङ खेले । त्यस्तै मिलन बोहराले अविजित २६ रनको सुझबुझपूर्ण ब्याटिङ गरे । लम्कीचुहाका लागि अघिल्लो खेलका म्यान अफ दी म्याच डम्मर माझीले २ विकेट लिए । त्यस्तै सुरेश भण्डारी र सागर बिसीले समान एक एक विकेट लिए ।

 

Samarpanmedia

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लम्कीचुहाले १९.२ ओभरमा अलआउट हुँदै मात्र ९६ रन बनायो । लम्कीचुहाका लागि रबिन भण्डारीले सर्वाधिक २७ तथा हेमन्त चलाउनेले २४ रनको योगदान दिए । भीमदत्तका लागि अरुण ऐरीले ४,समिर बिस्टले ३ तथा सन्तोष भट्ट र मिलन बोहराले समान एक एक विकेट लिए ।

जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सञ्चालन भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply