माघ १३,धनगढी: धनगढी उपमहानगरपालिका वडा न.२ सन्तोषी टोलमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिएले आयोजना गरेको एसपिए टिच फेस्ट २०८१ मा ग्ली एकेडेमीका विद्यार्थीहरुले उत्कृष्ट प्रर्दशन गर्दै विभिन्न विधामा प्रथम स्थान हाँसिल गरेको छ ।
शुक्रबार सम्पन्न टिच फेस्ट अन्तरगत चेसमा सहभागी ग्ली एकेडेमीका छात्र जिभितेश साउँद विजेता भएका छन भने पियुश नाथ उपविजेता बनेका छन । त्यस्तै रोबो सोसेरमा आदर्श जोशी,जयन्द्र कार्की र हरी जोशीको समूह विजेता बनेको छ । रोबो वारमा ग्ली एकेडेमीका आदर्श जोशीले प्रथम स्थान हाँसिल गरेका हुन ।
आइटी कुइजमा पुस्कर बुढा र भावेश सिंगालको जोडी विजेता बनेको छ । बेस्ट कन्टेन्ट च्यालेञ्जमा आयुशा भट््ट र सुश्रृती ओझा प्रथम बन्दा रोबो रेशमा आदर्श जोशी सेकेण्ड रनरअप भएका छन । आफ्ना विद्याथीहरुले उत्कृष्ट प्रर्दशन गर्दै विभिन्न विधामा स्थान हाँसिल गरेपछि ग्ली एकेडेमीकी प्राचार्य शान्ती भट्टले पछिल्लो समय आफ्नो विद्यालयमा सैद्धान्तिक भन्दा प्रयोगात्मक तवरले शिक्षण सिकाइ कृयाकलाप अगाडी बढाइरहेकाले विद्यार्थीहरुमा पनि सृृजनशिलतमा वृद्धि भैरहेको बताइन ।
प्राचार्य भट्टले अबको सिकाई व्यवहारिक र समय सुहाँउदो नभए हाम्रो समाज नै पछिपर्ने भन्दै विद्यार्थीहरुलाई बढीभन्दा बढी अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्ने बताइन । एसपिए टिच फेस्ट २०८१ मा धनगढी उपमहानगरपालिका भित्रका दर्जनौं विद्यालयको सहभागिता रहेको थियो ।