एसपिए लिटिल फ्लावर प्राइड लिग : युथ अफ टिकापुरको सानदार जित

नवौं लिटिल फ्लावर प्राइड लिगमा युथ अफ टिकापुरले सानदार जित हात पारेको छ। सोमबार सम्पन्न खेलमा टिकापुरले धनगढी रोयल्सलाई ८ विकेटले पराजित गरेको हो। जितसँगै टिकापुरले दुई अंक जोडेको छ।

धनगढीले दिएको ५९ रनको सामान्य लक्ष्य पछ्याएको टिकापुरले ७.१ ओभरमा २ विकेट गुमाउँदै ६२ रन बनायो। टिकापुरका सन्दीप साउदले सर्वाधिक १८ रन बनाए। १८ बल खेलेका उनले समान १ चौका र १ छक्का प्रहार गरे। दिनेश रावत १३ रनमा अविजित हुँदा केशव विष्ट १५ र नितेश न्यौपाने ३ रनमा अविजित रहे। धनगढीका दीपक चन्दले १ विकेट लिए।

त्यसअघि फाफ्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको धनगढीले निर्धारित १२ ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो।
धनगढीका रोशन साउदले सर्वाधिक २० रन बनाए। २४ बल खेलेका उनले २ चौका प्रहार गरे। लक्ष्मण साउद १८ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टिकापुरका आदेश परियार र नितेश न्यौपानले समान ३ विकेट लिए। पारस तिमल्सिनाले २ विकेट लिँदा सोलुप चौधरी र सागर रावलले समान १ विकेट लिए।

लिटिल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न क्लब, कलेज तथा एकेडेमी गरी १३ टोलीको सहभागिता रहेको छ।सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा राजपुर स्पोर्ट्स क्लब, निस्ट कलेज र टिम बगाइचा रहेका छन्। समूह ‘बी’ मा युथ अफ टिकापुर, मधेश इलाइट र धनगढी रोयल्स समावेश छन्।

समूह ‘सी’ मा घोडाघोडी क्रिकेट एकेडेमी, एसपीए कलेज र खप्तड इन्डोर छन् भने समूह ‘डी’ मा आगन केक्स एन्ड डेरी, लिटिल फ्लावर स्पोर्ट्स, सत्यवती एकेडेमी र सुदूरपश्चिम ब्वाइज होस्टेल रहेका छन्।प्रतियोगिताको विजेता टोलीले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३० हजार रुपैयाँ नगद पुरस्कार हात पार्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top