एसिसी एसिया कप ट्वान्टी-२० प्रतियोगिताअन्तर्गत सुपर फोरको दोस्रो खेलमा आइतबार चिरपरिचत प्रतिद्धन्द्धी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।खेल नेपाली समय अनुसार साँझ ८ः१५ मा युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई इन्टरनेसनल रंगशालामा सुरु हुनेछ ।
भारत पाकिस्तानविरुद्ध जितको लयलाई निरन्तरता दिने लक्ष्यमा छ । यता पाकिस्तान पनि समूह चरणमा व्यहोरेको हारको बदला लिन प्रयासमा छ ।समूह चरणमा भारतले पाकिस्तानविरुद्ध सात विकेटको सहज जित निकालेको थियो ।

सूर्यकुमार यादवको कप्तानीमा रहेको भारत जसप्रित बुमराह, तिलक बर्मा, सन्जु स्यामसन, कुलदीप यादवजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।यता सलमान आगाको कप्तानीमा रहेको पाकिस्तानलाई सइम अयुब, शहिन शाह अफ्रिदी, ह्यारि रौफ, मोहम्मद ह्यारिस जस्ता खेलाडीले साथ दिनेछन् ।

भारत र पाकिस्तान राजनैतीक द्धन्द्धका कारण पछिल्लो एक दशकदेखि आइसिसी र एसिसीको प्रतियोगितामा मात्रै प्रतिस्पर्धा गर्दै आएका छन् । यता सनिबार सम्पन्न पहिलो सुपर फोरमा भने श्रींलकालाई हराउँदै बंग्लादेशले सुखद सुरुवात गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?