You are currently viewing ए.एम.सी कपको दोश्रो संस्करण शुरु,सामाजिक मन्त्री खड्काले गरे उद्घाटन

ए.एम.सी कपको दोश्रो संस्करण शुरु,सामाजिक मन्त्री खड्काले गरे उद्घाटन

भाद्र २६,धनगढी

स्वतन्त्र विद्यार्थी युनियन ऐश्वर्य बहुमुखी क्याम्पसले आयोजना गरेको दोश्रो अन्तर क्याम्पस प्रदेश स्तरीय खुल्ला भलिबल प्रतियोगीता ए.एम.सी कप.आजबाट शुरु भएको छ । प्रतियोगीताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले उद्घाटन गरेका हुन ।

प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशभरीबाट ११ वडा क्याम्पसले सहभागिता जनाएका छन । भाद्र २९ गतेसम्म चल्ने प्रतियोगीताको विजेता टिमले नगद १,११,०० प्राप्त गर्नेछ । त्यस्तै दोश्रो र तेश्रो हुन टिमले क्रमशः ६२ हजार र ३३ हजार प्राप्त गर्नेछन । प्रतियोगीता स्वतन्त्र विद्यार्थी युनियन ऐश्वर्य बहुमुखी क्याम्पसका सभापति कुबेर खड्काको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्वमन्त्री रमेश धामी,प्रदेश सभा सदस्य धर्मराज पाठक,धनगढी उपमानगरपालिकाका मेयर तथा क्याम्पसका अध्यक्ष नृप बहादुर वड,सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक सिंह,क्याम्पस प्रमुख धर्मदेव भट्ट,ऐश्वर्य विद्या निकेतनका प्राचार्य पि.एन.ओझा,वडा न.५का अध्यक्ष गजेन्द्र शाही लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्वतन्त्र विद्यार्थी युनियन ऐश्वर्य बहुमुखी क्याम्पसका सचिव दिपेश भट्टले गरेका थिए ।

Leave a Reply