You are currently viewing ऐश्वर्य बहुमुखी क्याम्पस धनगढी र आध्यात्मिक विश्वविद्यालय दिल्ली बिच समझदारी पत्रमा हस्ताक्षर

ऐश्वर्य बहुमुखी क्याम्पस धनगढी र आध्यात्मिक विश्वविद्यालय दिल्ली बिच समझदारी पत्रमा हस्ताक्षर

ऐश्वर्य बहुमुखी क्याम्पस धनगढी र आध्यात्मिक विश्वविद्यालय दिल्ली बिच समझदारी पत्रमा (MOU) हस्ताक्षर भएको छ। पूर्वीय दर्शनका मूल्य र मान्यतामा आधारित भई विद्यार्थीको समग्र विकासका लागी आध्यात्मिकता र नैतीक शिक्षामा जोड दिदै आइरहेको उक्त विश्वविद्यालयका प्रतिनिधि पि.बि.के.सुमन भारती र क्याम्पस प्रमुख नरेश पन्तले समझदारी पत्रमा हस्ताक्षर गरी एक-अर्का लाई हस्तान्तरण गर्नुभएको हो।

उक्त अवशरमा विश्वविद्यालयका प्रमुख वक्ता पि.बि.के. अमोल कुमारजीले आधुनिकता र जीवन दर्शन बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो। क्याम्पस प्रमुख पन्तको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत ५०० बढी विद्यार्थीहरु र प्राध्यापकहरुको रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply