पौष ८,धनगढी : धनगढी उपमहानगरपालिका ५ हसनपुरमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको आकर्षण दिनानुदिन बढ्दै गैरहेको छ । २०६३ सालमा १२ जना विद्यार्थीबाट सञ्चालनमा ल्याइएको ऐश्वर्य बहुमुखी क्याम्पसमा अहिले स्नातक र स्नातकोत्तरमा गरी करिबन तीन हजार छ सय विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रशासनले जानकारी दिएको छ । स्थापना गरेकै साल त्रिभुवन विश्वविद्यालयबाट विज्ञान संकायको सम्बन्धन प्राप्त गरेको ऐश्वर्य बहुमुखी क्याम्पस तत्कालिन सेती अञ्चलको पहिलो विज्ञान क्याम्पस पनि हो ।

हाल क्याम्पसको सुविधा सम्पन्न आफ्नै पाँच ताले भवन रहेको छ भने विज्ञान प्रयोगशाला,सेमिनार हल,पुस्तकालय र कम्प्युटर ल्याब रहेको छ । ऐश्वर्यमा धनगढी,अत्तरीया,गुलरीया,पुर्नवास,फूलबारी लगायत क्षेत्रबाट विद्याथीहरु अध्ययनका लागि आउने गरेका छन । त्यस्तै पहाडका ७ जिल्लाबाट धनगढी आएका मध्ये हजारौं विद्यार्थीहरुले ऐश्वर्य मबहुमुखी क्याम्पसलाई रोज्ने गरेका छन । टाढाका विद्यार्थीहरु लैजान र ल्याउनका लागि बसको समेत व्यवस्था क्याम्पस प्रशासनले गरेको छ ।


क्याम्पसले पछिल्लो समय त्रिभुवन विश्वविद्यालयका विभिन्न प्रोग्रामहरु लागु गरेको छ । २०६४ सालमा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायको सम्बन्धन प्राप्त गरेको ऐश्वर्यले २०७७ सालबाट सेमिस्टरवाइज एमबिसका कक्षाहरु पनि सञ्चालनमा ल्याएको छ । हाल एमबिस पढ्न पनि थुप्रै विद्यार्थीहरुले ऐश्वर्य रोजिरहेका छन ।
ऐश्वर्य बहुमुखी क्याम्पस यस समुदायका विशिष्ट व्यक्तीहरुले आवश्यकता महशुस गरी सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सामुदायिक क्याम्पसको रुपमा स्थापना गरेको क्याम्पस प्रमुख धर्मदेव भट्टले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय क्याम्पस विकासको उच्च चरणमा रहेपनि सुरुवातका दिनभने अत्यन्तै कष्टकर तरिकाले सञ्चालन गर्नुपरेको बताउनुभयो ।
हामीले सुरुवातमा १२ जना विद्यार्थीहरुलाई भर्ना गरेर भाडाको दुइटा कोठाबाट सञ्चालन गरेका थियौं आज विशाल संरचना बनेको छ ,देश विदेशमा नाम छ,त्रिभुवन विश्वविद्यालयले विश्वास गरेको छ वर्षेनी करोडौं रकम अनुदान दिइरहेको छ । यो सबै क्रेडिट आफ्ना सम्पूर्ण सहक्रमी साथीहरु र क्याम्पस प्रशासनलाई विश्वास गरी आफ्ना छोराछोरी ऐश्वर्यमा भर्ना गर्ने आदरणीय अभिभावकहरुमा आफूले दिने गरेको क्याम्पस प्रमुख धर्मदेव भट्टले बताउनुभयो ।
सुरुवाति चरणमा ऐश्वर्य बहुमुखी क्याम्पसले थुप्रै उतारचढाब झेल्नुपरेपनि प्राध्यापकहरुको मिहिनेत,सञ्चालक समितिको निगरानी र कुशल नेतृत्वकर्ताका कारण हाल भने ऐश्वर्यलाई समुदायले आफ्नो विशेष सम्पत्तीको रुपमा हेर्ने गरेको सहायक क्याम्पस प्रमुख नरेश पन्तले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरुको आवश्यकतानुसार क्याम्पस प्रशासन अगाडि बढीरहेकोले ऐश्वयमा विद्यार्थीहरुको आकर्षण झन झन बढीरहेको बताउनुभयो ।
हामीले बिबिएस प्रथम वर्षमा ८ सय विद्यार्थी भर्ना गरिसक्र्यौ अब त्यो भन्दा बढी क्षमता पनि छैन,एबिएसमा पनि विद्यार्थी भर्नादर राम्रो छ गुणस्तरीय शिक्षाकै कारण ऐश्वर्यमा विद्यार्थीहरुको आकर्षण बढेको हो पन्त बताउनुहुन्छ । पन्तले पूर्वाधार र विद्यार्थी संख्याका हिसाबले पछिल्लो समय ऐश्वर्य बहुमुखी क्याम्पसले ठूलो फड्को मारिरहेको समेत बताउनुभयो । उहाँले विद्यार्थी संख्या बढी हुँदा शिक्षाको गुणस्तर खस्कीन्छ की भन्ने चिन्तापनि छ तर क्याम्पस प्रशासनले त्यसलाई गम्भिर रुपमा लिदै कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्नेबारे बारम्बार छलफल चलाइरहेको सहायक क्याम्पस प्रमुख नरेश पन्तले बताउनुभयो ।
ऐश्वर्य बहुमुखी क्याम्पसका एमबिएस कोडिनेटर लिलाधर सापकोटाले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन कार्यालयद्वारा सञ्चालित एमबिएस प्रोग्राममा सम्बन्धन प्राप्त गरेको पहिलो वर्षमै सुदूरपश्चि प्रदेश भरीमै सर्वोत्कृष्ट नतिजा ल्याएकै कारण उल्लेख संख्यामा विद्यार्थीहरु एमबिएसमा भर्ना भैरहेको बताउनुभयो । उहाँले विगत लामो समयदेखि अध्यापन गरिरहनुभएका अनुभवी प्राध्यापकहरु,सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षामा जोड दिइरहेकै कारण सुदूरपश्चिम भरीका सामुदायिक कलेजहरु मध्ये ऐश्वर्यमा विद्यार्थी संख्या उल्लेख्य मात्रामा रहेको सापकोटाले बताउनुभयो । विद्यार्थीहरुको ज्ञानको दायरा बढाउन पछिल्लो समय गेष्ट लेक्चरको रुपमा काठमाण्डौंदेखि भारतका विभिन्न विश्वविद्यालयका प्रोफेसरहरु बोलाएर कक्षा लिने गरेको समेत सापकोटाले बताउनुभयो ।
ऐश्वर्य बहुमुखी क्याम्पसमा एमबिएस चौथो सेमेस्टरमा अध्ययनरत चेतन विक्रम चन्द र चित्रा भण्डारीले आफूले जस्तो चर्चा बजारमा सुनेर ऐश्वर्य बहुमुखी क्याम्पसमा भर्ना भएको थिए कलेजको वातावरण हेर्दा त्यो भन्दा अझै राम्रो रहेको बताउनुभएको छ । उहाँहरुले ऐश्वर्यमा भर्ना भएको सामान्य विद्यार्थीले पनि कलेजको वातावरणले गर्दा उत्कृष्ट नतिजा ल्याउन सक्ने भन्दै आफूहरुले ऐश्वर्य छनोट गरेर पछुतो नभएको बताउनुभयो ।