You are currently viewing ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघले अग्रता बढायो,अनेरास्ववियू र अखिल बीच काटाको टक्कर,अब मात्र २९९ मत गणना हुन बाँकी

ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघले अग्रता बढायो,अनेरास्ववियू र अखिल बीच काटाको टक्कर,अब मात्र २९९ मत गणना हुन बाँकी

चैत्र ६,धनगढी : कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु नेतृत्व चयनका लागि मंगलबार सम्पन्न मतदान पछि मत गणनाको काम पनि जारी नै रहेको छ । एक हजार ४०३ मत खसेको ऐश्वर्य बहुमुखी क्याम्पसमा अहिलेसम्म ११०४ मत गणना हुँदा नेविसंघका सभापतिका उमेदवार दिपक भट्टले लिड अझ बढाउँदै लगेका छन ।

पछिल्लो मत परिणाम अनुसार उनले ४०५ मत प्राप्त गरेका छन । नेविसंद्धका दिपक भट्टले ७२ मतको अग्रता बनाएका छन । अनेरास्ववियूका दिपेन्द्र भट्ट र अखिलका विकास विस्टबीच अत्यन्तै कडा प्रतिस्पर्धा भैरहेको छ । मत परिणामा अनुसार अनेरास्ववियुका दिपेन्द्र भट्टले ३३३ र अखिल क्रान्तिकारीका विकास विस्टले विकल्पले पनि ३३३ मत नै प्राप्त गरेका छन । अब २९९ मत गणना हुन बाँकी छ ।

सुदूरपश्चिममा सर्वाधिक चाँसोको रुपमा हेरिएको ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु नेतृत्वको लागि तीन संगठन मैदानमा उत्रिएका थिए । नेविसंघले सभापतिमा दीपकराज भट्टलाई उम्मेदवार बनाएको छ । अनेरास्ववियुले दिपेन्द्र भट्ट तथा अखिल क्रान्तिकारीले बिकास बिष्टलाई सभापतिको उम्मेदवार बनाएको छ ।

Leave a Reply