चैत्र ६,धनगढी : कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ । बुधबार सम्पन्न मत गणनामा नेपाल विद्यार्थी संघका दिपक राज भट्ट नेतृत्वको प्यानल नै विजयी भएको प्रमुख निर्वाचन अधिकृत खेमराज पन्तले जानकारी दिए । ऐश्वर्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले झण्डै डेढ दशकपछि स्ववियु निर्वाचनमा विजय प्राप्त गरेको हो ।
यसअघि ऐश्वर्य बहुमुखी क्याम्पसमा तीन पटक स्ववियु निर्वाचन भएको थियो। १५ वर्षअघि भएको निर्वाचनमा नेविसंघका राजेन्द्र भट्ट सभापति निर्वाचित भएका थिए। दोस्रो निर्वाचनमा राप्रपा निकट विद्यार्थी संघका कमल बम रजवारले अलिो धनगढी उपमहानगरपालिका वडा न.५ का अध्यक्ष समेत रहेका गजेन्द्र शाहीलाई पराजित गर्दै सभापतिमा बाजी मारेका थिए । अन्य पदमा भने नेविसंघले नै विजय हाँसिल गरेको थियो। तेस्रो निर्वाचनमा अनेरास्ववियुका कुबेर खड्का नेतृत्वको प्यानल विजयी भएको थियो।
निर्वाचन समितिका प्रमुख खेमराज पन्तका अनुसार, स्ववियु सभापतिमा नेविसंघका दीपकराज भट्ट ५३३ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका दिपेन्द्र भट्टले ४२५ मत र अखिल क्रान्तिकारीका विकास बिष्टले ४०२ मत प्राप्त गरेका छन्। यस्तै सचिवमा नेविसंघकै देवेन्द्र बोहरा ५५४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रदिप खड्काले ५४८ मत प्राप्त गरे यी दुई उमेवार बीचको मतान्तर मात्र ६ रहेको थियो ।
त्यस्तै अखिल क्रान्तिकारीका सुनिल प्रसाद जोहीले २७२ मत प्राप्त गरे । कोषाध्यक्षमा नेविसंघकै सन्चिताकुमारी चौधरी ५६९ मत प्राप्त गरी विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका जुनी चौधरीले ४०६ मत प्राप्त गरिन भने अखिल क्रान्तिकारीकी रोशनी खड्काले ३८२ मत प्राप्त गरिन । यी दुबै नेविसंघ नेतृत्वको प्यानलका उम्मेदवार थिए। दुई हजार एक सय विद्यार्थी रहेको उक्त क्याम्पसमा मंगलबार भएको मतदानमा एक हजार ४०३ मत खसेको थियो। त्यस्तै सदस्यहरुमा नेविसंघ र राप्रप्रा विसंघका उमेदवार विजयी भएका छन । राप्रपाविसंघबाट प्रतिक्षा शाहीले सर्वाधिक लोकप्रीय मतका साथ विजयी भइन । उनले ६२४ मत प्राप्त गरिन । त्यस्तै नेविसंघकी रोशनी शाहीले ६१४,रोज शर्मा ६१२,नितेन रावल ६०४,स्वस्तीका पाठक ६०३,उब्जन सिंह ठकुरी ५९५,रक्षा महरा ५९० र अरुण चन्दले ५६२ मत प्राप्त गर्दै सदस्यमा विजयी भएका छन ।
डेढ दशकपछि नेविसंघको जितको बारेमा कैलालीका अध्यक्ष मनिश कुँवरले ऐतिहासिक जितको रूपमा प्रतिक्रिया दिएका छन्।कुवँरले आफ्नो टिमले अत्यन्तै मिहनेत गर्दा यो नतिजा आएको बताकाएका छन । यस्तै नेपाली काँग्रेस कैलाली क्षेत्र न ५ का सभापति भीम पडालले ऐतिहाँसिक जीतको साक्षी बन्दा खुशी लागेको प्रतिक्रिया दिए । उनले नेविसंघलाई विश्वास गरी भोट दिने सबैलाई धन्यवाद पनि दिएका छन ।