You are currently viewing ऐश्वर्य बहुमुखी क्याम्पस पब्लिक क्याम्पस प्राध्यापक संघको अध्यक्षमा सह प्रा.नारायण अवस्थी

ऐश्वर्य बहुमुखी क्याम्पस पब्लिक क्याम्पस प्राध्यापक संघको अध्यक्षमा सह प्रा.नारायण अवस्थी

चैत्र २४,धनगढी : ऐश्वर्य बहुमुखी क्याम्पसका प्राध्यापकहरुको साझा संगठन पब्लिक क्याम्पस प्राध्यापक संघ ( PUCTA ) को सातौं अधिवेशनबाट सह प्रा.नारायण अवस्थीको अध्यक्षतामा नयाँ इकाई कार्यसमिति सर्वसम्मत रुपमा छनौट गरिएको छ। निवर्तमान सभापती खेमराज पन्तज्युको अध्यक्षतामा संचालित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष नृप ब.वड प्रमुख अतिथी रहनु भएको थियो। कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि लगायत विशिष्ट अतिथिद्वय क्याम्पस प्रमुख धर्मदेव भट्ट तथा ऐश्वर्य विद्या निकेतनका नि.प्राचार्य सञ्जय कुमार पन्तले अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो। PUCTA का केन्द्रिय सदस्य एवं सह प्राध्यापक रघुविर भट्टले स्वागत मन्तव्य दिदै प्राध्यापक संघको काम, कर्तव्य, अधिकार र क्याम्पसको विकास यसको भुमिकाको बारेमा चर्चा गर्नुभएको थियो। कार्यक्रमको संचालन प्राध्यापक संघका सचिव सह प्रा। ओम प्रकाश पाण्डेयले गर्नु भएको थियो।

नव निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ ।

१। सभापतीः सह प्रा. नारायण अवस्थी
२। ⁠उपसभापतीः सह प्रा. ओम प्रकाश पाण्डेय
३। ⁠सचिवः सहायक प्रा.गोविन्द राज उपाध्याय
४। ⁠कोषाध्यक्षः सहायक प्रा. चेतराज भट्ट
५। ⁠उपसचिवः सहायक प्रा. देवराज ओझा
६। ⁠सदस्यः सह प्रा.पुष्पराज पाण्डेय
७। ⁠सदस्यः सह प्रा. चन्दा पाठक
८। ⁠सदस्यः सहायक प्रा. कौशिल्या सापकोटा
९। ⁠सदस्यः सहायक प्रा.मुकेश चन्द
१०। ⁠सदस्यः सहायक प्रा. हरि प्रसाद भट्ट
११। ⁠सदस्यः सहायक प्रा. आनन्द प्रकाश जोशी
केन्द्रिय प्रतिनिधिहरु
१। सह प्रा. धर्मदेव भट्ट
२। सह प्रा. नरेश पन्त
३। सह प्रा. रघुविर भट्ट
४। सह प्रा. खेमराज पन्त
५। सह प्रा.लीलाधर सापकोटा

Leave a Reply