You are currently viewing ऐश्वर्य विद्या निकेतनका प्राचार्य ओझा २५ हजार नगद सहित सम्मानित /@premnidhiojha

ऐश्वर्य विद्या निकेतनका प्राचार्य ओझा २५ हजार नगद सहित सम्मानित /@premnidhiojha

फाल्गुन ०३,धनगढी : ऐश्वर्य विद्या निकेतनका प्राचार्य प्रेमनिधि ओझा २५ हजार नगद सहित सम्मानित भएका छन । धनगढी उपमहानगरपालिका वडा न.५ शिवनगरमा रहेको चैतन्य पाठशालाले आफ्नो २४औं वार्षिकोत्सव समारोहमा ओझालाई नगद २५ हजार सहित सम्मान गरेको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश बहादुर देउवाले पच्चिस हजारको चेक हस्तान्तरण गर्दै दोसल्ला सहित सम्मान गरे । विगत ३ दशकदेखि ऐश्वर्य विद्या निकेतनमा कार्यरत ओझा पछिल्लो ४ वर्षयता सोहि विद्यालयमा प्राचार्यको जिम्मेवारीमा छन ।

कुशल नेतृत्वकर्ताको परिचय बनाएका ओझाले ऐश्वर्य विद्या निकेतन मार्फत सुदूरपश्चिमको शिक्षा क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै सम्मान गरिएको चैतन्य पाठशालाले जनाएको छ ।

Leave a Reply