फाल्गुन १४,धनगढी : ऐश्वर्य विद्या निकेतनको ४८औं वार्षिकोत्सवका अवसरमा युवा रेडक्रस सर्कल ( ऐश्वर्य विद्या निकेतन ) ले रक्तदान कार्यक्रम आयोजन गरेको छ । मंगलबार विद्यालयको प्रांगणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा उक्त रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ।
सामाजिक सेवाभावप्रति पछिल्लो समय विद्यार्थीहरुमा रुची बढ्दै गैरहेकोले स्वस्फूर्त रुपमा रत्तदान कार्यक्रममा विद्यार्थीहरु सहभागी हुने गरेको ऐश्वर्य विद्या निकेतनका प्लस टु संयोजक ओम प्रकाश पाण्डेयले बताए । ऐश्यर्व विद्या निकेतनमा अध्ययनरत विद्यार्थीहरु पछिल्लो समय सरसफाइ तथा अन्य जनचेतनामूलक कार्यक्रमहरुमा सहभागी हुँदै आएका छन ।