You are currently viewing ऐश्वर्य साहित्य प्रतिष्ठानले आयोजना गरेको वक्तृत्वकलामा कमला ओझा प्रथम / @AMC

ऐश्वर्य साहित्य प्रतिष्ठानले आयोजना गरेको वक्तृत्वकलामा कमला ओझा प्रथम / @AMC

मंसिर १४,धनगढी: ऐश्वर्य साहित्य प्रतिष्ठान धनगढीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगीतामा कमला ओझा प्रथम भएकी छन । उनले प्रमाणपत्र सहित पुरस्कार जितिन । ऐश्वर्य बहुमुखी क्याम्पसको सभाहलमा शुक्रबार सम्पन्न उक्त वक्तृत्वकला प्रतियोगीतामा हेमपुष्पा जोशी,सागर अवस्थी र रोशनी शाहले क्रमशःदृतिय,तृतिय र शान्त्वना स्थान हात पारे ।

कृतिम बौद्धिकताले हाम्रो जिवनमा पारेको प्रभाव शिर्षकमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगीतामा ऐश्वर्य बहुमुखी क्याम्पसको स्नातक तहका विद्यार्थीहरुको सहभागीता रहेको थियो । वक्तृत्वकला प्रतियोगीताका प्रमुख अतिथि क्याम्पस प्रमुख धर्मदेव भट्टले ऐश्वर्य बहुमुखी क्याम्पसका विद्यार्थीहरु सबै विधामा उत्तिकै सकृय र अब्बल हुँदा आफूलाई गर्व महशुस हने बताउनुभयो । उहाँले किताबी ज्ञानले मात्रै विद्यार्थी अगाडी नबढ्ने भन्दै उहाँहरुको चौतर्फी विकासका लागि यस्ताखाले अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले समय अनुसार चल्न नसके पछि परिने भन्दै प्रविधिको उचित प्रयोग गर्नुपर्ने तर यसलाई मान्छेले नियन्त्रणमा राख्न सक्नुपर्ने बताउनुभएको छ ।


ऐश्वर्य साहित्य प्रतिष्ठानकी उपाध्यक्ष ज्ञानु थापाको अध्यक्षतामा सम्पन्न वक्तृत्वकला प्रतियोगीतामा विशिष्ट अतिथि व्यवस्थापन संकाय प्रमुख प्राध्यापक टेक अधिकारी रहनुभएको थियो । निर्णायकमा प्राध्यापक द्वय ओमप्रकाश पाण्डेय र पुष्पराज पाण्डेय रहनुभएको थियो भने क्याम्पसको स्ववियुका प्रतिनिधि,विभिन्न राजनितिक दलका भातृसंगठनका प्रतिनिधि लगायत क्याम्पसका सर्यौ विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यार्थी भित्र रहेका अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने उद्येश्यले भरत साउँद,नवराज भट्ट,सागर ओझा लयागतका सृजनशिल युवाहरुले केहिवर्ष अघि ऐश्वर्य साहित्य प्रतिष्ठान गठन गरेका थिए ।

Leave a Reply