कक्षा १२ को वार्षिक परिक्षामा उत्कृष्ट अकं ल्याउने धनगढीको कैलाली मोडेलका छात्र निराजन पाण्डेय सम्मानित भएका हुन । धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवसको अवसरमा संस्थागत विद्यालय तर्फ ३ दशमलव ९२ जिपिए ल्याउने कैलाली मोडलका विद्यार्थी निराजन पाण्डेय सम्मानित भएका छन्। १० औँ स्थापना दिवशका प्रमुख अतिथि उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाश मान सिहंले विद्यार्थीहरुलाई नगद २५ हजार सहित सम्मानपत्र प्रदान गरेका हुन् ।
कैलाली मोडेलमा अध्ययनरत पाण्डेय सहित थप ४ विद्यार्थीले अघिल्ला शैक्षिक सत्रमा उत्कृष्ट अंक ल्याउँदै सुदूरपश्चिम प्रदेशभरीमै प्रथम स्थान हाँसिल गरिसकेका छ । हाल विद्यालयको नेतृत्व तपेन्द्र बहादुर सिंहले गरिरहेका छन ।