You are currently viewing कञ्चनजंगा क्याम्पसमा बिबिएस प्रथम वर्षमा ६० जना विद्यार्थी भर्ना,बिबिएस दृतिय वर्षका विद्यार्थीहरुले गरे स्वागत

कञ्चनजंगा क्याम्पसमा बिबिएस प्रथम वर्षमा ६० जना विद्यार्थी भर्ना,बिबिएस दृतिय वर्षका विद्यार्थीहरुले गरे स्वागत

फाल्गुन १७,धनगढी : कृष्णपुर नगरपालिका वडा न.५ गुलरीयामा रहेको कञ्चनजंगामा क्याम्पसमा बिबिएस दृतिय वर्षका विद्यार्थीहरुद्वारा बिबिएस प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । शनिबार क्याम्पस प्रांगणमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको क्याम्पस प्रमुख सुदिप ओझाले जानकारी दिए ।

गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापका लागि कृष्णपुर क्षेत्रमा लोकप्रिय रहेको कञ्चनजंगाले अघिल्लो वर्षबाट स्नातक तहमा व्यवस्थापन संकायको पठनपाठन सुरु गरेको थियो । अघिल्लो वर्षबाट मात्र स्नातक तहमा पठनपाठन सुरु भएपनि बिस्तारै विद्यार्थीहरु आफ्नो कलेजमा भर्नाको लागि आउने गरेको क्याम्पस प्रमुख ओझा बताउँछन ।

उनले यसपटक बिबिएस प्रथम वर्षमा ६० जना विद्यार्थी भर्ना भइसकेका भन्दै निकट भविष्यमै प्राविधिक विषयको पढाइ पनि सुचारु गरिने पनि बताएका छन । बिबिएस दृतिय वर्षकी छात्रा दिपा सिंहको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रमा प्रमुख अतिथि क्याम्पसका संस्थापक अध्यक्ष खगेन्द्र प्रसाद ओझा रहेका थिए । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा संस्थापक पदम बहादुर ऐर,दिपेन्द्र देउवा,गायिका लक्ष्मी आचार्य रहेकी थिइन भने कार्यक्रमको सञ्चालन केपी कलौनी र अमृता बमले गरेका थिए ।

Leave a Reply