You are currently viewing कञ्चनपुरमा एक महिलाको शव फेला

कञ्चनपुरमा एक महिलाको शव फेला

२९ श्रावण,२०८२ः कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ। बिहिवार बिहान बेलौरी नगरपालिका– ७ र ८ को सीमानमा पर्ने खप्टीनाला नजिक महिला मृत भेटिएकी हुन। मृत भेटिएकी महिला बेलौरी नगरपालिका–८ की ४२ वर्षिया बिन्दु चौधरी रहेकी प्रहरीले बताएको छ। उनी केही समयदेखि अस्वस्थ रहेकी प्रहरीले बताएको छ। उनी आफै–आफै बोल्ने गर्थिन। यो समस्या देखिएपछि परिवारले उनलाई बेलौरीको बुटाबारीमा फुपुको घरमा झारफुकका लागि एक साता अघि पठाएको थियो।


उनी हिजो मात्रै त्यहाँबाट फर्किएकी थिईन। बेलौरीमा ओर्लिएपछि उनी सम्पर्क विहीन भएकी हुन्। त्यसपछि परिवारले आफै सोधीखोजी गर्दा आज बिहान उनलाई मृत फेला पारेको प्रहरीले बताएको छ। हाल उनको शव पोस्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकीमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply