कञ्चनपुरमा जोगबुडा नदीको बाढी बस्तीमा,५२ परिवार विस्थापित

१६ भाद्र,२०८२ः कञ्चनपुरमा जोगबुडा नदीको बाढी बस्तीमा पसेपछि ५२ परिवार विस्थापित भएका छन्।
विस्थापित परिवारहरुलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहरका अनुसार दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टापुका २५ घरका ७० जनालाई जनाता मावि देउरालीमा सारिएको छ। त्यस्तै वडा नम्बर‑३ पटेराखल्लाका १५ परिवारका १० देखि १५ जनालाई जमुना आधारभूत विद्यालय जमुनाघारीमा सारिएको छ। त्यस्तै वडा नं. १० कान्तीटोलका १२ घरका ४० जनालाई अम्विका माविमा राखिएको र सबै सुरक्षित रहेको उनले बताएका छन्।
यस्तै, महाकाली नदीमा पनि पानीको बहाव बढ्दै गएको छ। डीएसपी बोहराका अनुसार नदीमा पानीको बहाब बढेर एक लाख ६२ हजार क्युसेक पुगेको छ। नदीमा पानीको बहाब एक लाख पुग्नै बित्तिकै शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाउने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top