You are currently viewing कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजनाका नहरको अनुगमन

कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजनाका नहरको अनुगमन

१३श्रावण,२०८२ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्री खड्काले आज कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणाधीन नहरको अनुगमन तथा निरीक्षण गर्दै आयोजना समयमै सम्पन्न गर्न सरकार गम्भीर रहेको बताए ।उनले आयोजनाको वर्तमान कार्यप्रगति सराहनीय रहेकाले तोकिएको लक्ष्य हासिल गर्न अझ प्रभावकारी रूपमा काम अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिए । निरीक्षणका क्रममा उनले महाकाली सिँचाइ आयोजना सुदूरपश्चिमको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको आयोजना भएको बताए । “किसानको खेतमा पानी पु¥याउन सरकार पूर्ण प्रतिबद्ध छ, कुनै कमजोरी हुन दिइने छैन”, उनले भने । राष्ट्रिय गौरवको आयोजनालाई समयमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ थियो ।


टनकपुर ब्यारेजमार्फत प्राप्त पानी प्रयोग गरी सञ्चालनमा ल्याइएको उक्त आयोजनाले कञ्चनपुरको ब्रह्मदेव, मालाखेती, दोधारा–चाँदनी र त्रिभुवनवस्ती क्षेत्रका ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । हालसम्म ३० किलोमिटर मूल नहर र करिब १२ किलोमिटर शाखा नहर निर्माण भइसकेको छभने करिब ६५० हेक्टर जमिनमा सिँचाइ संरचना तयार भइसकेको छ । आयोजनाको समग्र भौतिक प्रगति हाल २४.२२ प्रतिशत पुगेको छभने चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ८३.९७ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply