चैत्र ६,धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थित सदुरमुकाम गुलीयामा रहेका कञ्चन बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली विद्यार्थी संघ पूरै प्यानल सहित विजयी भएको छ । नेविसंघको तर्फबाट सभापतिमा उमेदवारी दिएका सुनिल ऐर १४४ मत प्राप्त गरी विजयी भएका छन ।
अनेरास्ववियूका राजेन्द्र खड्काले ९० मत मात्रै प्राप्त गरे । कञ्चन बहुमुखीमा अघिल्लो स्ववियू निर्वाचनमा अनेरास्ववियूले सभापतिमा बाजी मारेको थियो । त्यस्तै अखिल क्रान्तिकारीका भावना भट्टले ६६ मत पाइन । स्वतन्त्र उमेदवारी दिएका शिवशंकर बिष्टले १४ तथा अनेरास्ववियूक समाजवादीका खगेन्द्र भट्टले १३ मत प्राप्त गरे । ३९४ मतदाता रहेको उक्त क्याम्पसमा ३३४ मत खसेको थियो ।
सचिवमा धनबहादुर कुवँर १६९ मत र कोषाध्यक्षमा भावना कार्की १४७ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यस्तै प्रत्यक्ष तर्फ सदस्यमा पार्वती भट्ट १२२,गीता कुमारी बोहरा ११९, खेमराज भट्ट १३८ , निर्मला धामी १२० र यशोदा खड्काले १२७ मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचन समितिका अनुसार मतगणना सकिएसँगै विजयी उम्मेदवारहरूको घोषणा गरिएको हो । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ । त्यस्तै समानुपातिक तर्फ नेविसंघ १५५,अनेरास्ववियू ८०,अखिल ८४ र अनेरास्ववियूक समाजवादिले ११ मत प्राप्त गरेका छन ।