असोज १६,धनगढी : क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले ओमानलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभर पूरै खेल्दै ७ विकेटको क्षतिमा १५७ रन जोड्न सक्यो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले अर्धशतकिय पारी खेले । ४४ बलको सामना गरेका पौडेलले २ चौका र ४ छक्काको मद्दतले ५६ रनको अविजित पारी खेले । ओपनर अनिल कुमार शाह ११ रन बनाएर रन आउट हँदा अर्का ओपनर आशिफ शेख १६ रनमा पवेलियन फर्किए ।
देव खनाल १८,कुशल मल्ल १९,गुल्शन झा २,दिपेन्द्र सिंह ऐरी १,कुशल भुर्तेले ११ रनमा आउट भए भने रिजन ढकाल ३ रनमा अविजित रहे । ओमानका लागि फयाज भट्टले ३ विकेट चट्काए भने कलिमुल्लह,सकेल अहमद र कप्तान अकिबले समान १ १ विकेट लिए ।