You are currently viewing कप्तान पौडेल र ऐरीको ६६ रनको साझेदारी,अमेरीकालाई १६५ रनको लक्ष्य
Photo : CAN

कप्तान पौडेल र ऐरीको ६६ रनको साझेदारी,अमेरीकालाई १६५ रनको लक्ष्य

कार्तिक २, धनगढी : अमेरीका विरुद्धको पहिलो टि२० आइमा नेपालले १६४ रन बनाएको छ । टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले ९ विकेटको १६४ रन बनाएको हो । ओपनर अनिल शाह र आशिफ शेख बीच पहिलो विकेटका लागि ४८ रनको साझेदारीमा नेपालले उत्कृष्ट शुरुवात गरेपनि त्यसपछि नेपालले लगातार विकेट गुमायो । नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ६६ रनको साझेदारीले भने केहि राहत ग¥यो ।

Photo : CAN

नेपालका लागि आक्रामक ब्याटिङ गरिरहेका अनिल शाह २७ रन बनाएर आउट भए । उनले १८ बलको सामना गर्दा २ चौका र १ छक्काको मद्दतले २७ रन बनाए । त्यस्तै अर्का ओपनर आशिफ शेखले २७ बलमा ४ चौकाको मद्दतले २७ रन नै बनाए । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका कुशल भुर्तेलले १३ बलको सामना गर्दा केबल १० रन बनाए । अमेरीका विरुद्ध गुल्शन झा ले पनि खास प्रभाव पार्न सकेनन उनी हरप्रित सिंहको बलमा स्वीप सट हिर्काउने क्रममा बोल्ड आउट भए । गुल्शनले ७ बल सामना गर्दा १ चौका र १ छक्काको मद्दतले ११ रन बनाए । कप्तान रोहित पौडेल इनिङको अन्तिम बलमा रन आउट भए । उनले ३३ बलको सामना गर्दे ४ चाका र १ छक्काको मद्दतले ४९ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ बलको सामना गर्दे २ चौका र १ छक्का हिर्काउँदै २८ रन बनाए । करन केसी,आरिफ शेख र सागर ढकालले खाता खोल्न सकेनन भने सोमपाल कामीले २ रन बनाए ।

अमेरीकाका लागि सौरभ नेत्रवलकर,जस्दिप सिंह र हर्मित सिंहले २ २ विकेट लिए भने अलि खान र नस्थुस केन्जिगेले समान १ १ विकेट लिए । अमेरीका केहि छिनमा १६५ रनको लक्ष्य पछ्याउने छ ।

Leave a Reply