वैशाख १८,धनगढी : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले क्याफे सञ्चालनमा ल्याएका छन् । काठमाडौंको बानेश्वर बुद्धनगरमा ‘१७ बिन्स क्याफे बाई रोहित कुमार पौडेल’ नामका साथ उनले क्याफे खोलेका हुन् ।
बुधबार रोहितका बुबा/आमाले रिबन काटेर क्याफेको उद्घाटन गरे । क्रिकेट बाहेक केही फरक गरौं भन्ने सोेचका साथ क्याफे खोलेको र विदेशमा पनि कफि कल्चर राम्रो देखिकोले कफीमै फोकस गरेको रोहितले बताए । क्रिकेटमा जस्तै व्यवसायमा पनि सबैले साथ दिने उनको विश्वास छ । पछिल्लो समय खेलाडीहरु पनि व्यवसायिक क्षेत्रमा आबद्ध हुन थालेका छन । कार्यक्रममा क्यानका सचिव एव पूर्व कप्तान पारस खड्का लगायतले शुभकामना दिएका छन ।