You are currently viewing कलाकार अनु खड्काले सञ्चालनमा ल्याइन ए के डान्स क्लब /@AnuKhadka /@AkDanceClub

कलाकार अनु खड्काले सञ्चालनमा ल्याइन ए के डान्स क्लब /@AnuKhadka /@AkDanceClub

पौष १८,धनगढी : कलाकार अनु खड्काले धनगढीमा डान्स क्लब सञ्चालनमा ल्याएकी छन् । सुदूरपश्चिम प्रदेशका लोकडेउडामा अभिनय गर्दै आफ्नो पृथक परिचय बनाइसकेकी मोडेल अनु खड्काले बुधबार औपचारिक कार्यक्रम आयोजना गरी बुवा डम्बर बहादुर खड्काको हातबाट रिबन काट्न लगाएर डान्स क्लबको उद्घाटन गरेकी हुन । पेशाले स्टाफ नर्स समेत रहेकी खड्काले धनगढी उपमहानगरपालिका -५ को जाई (पिपल चौतारा )नजिकै एके डान्स एण्ड जुम्बा क्लब सञ्चालनमा ल्याएकी हुन् ।

उद्‌घाटन कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ सुदूरपश्चिमका अध्यक्ष निलगगन सिंह, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, सुप कलाका महासचिव गुणाकर पनेरु, लेखक बिपी शाह, देउडा निर्देशक भीम थापा, रमेश बिजुली बिसी, देउडा गायक लाल बहादुर थापा, सरोज रोकाया, केएमसी म्युजिक क्लबकी अध्यक्ष अनिता धामी लगायतको उपस्थिति रहेको थियो । मोडल खड्काले लामो समयदेखि म्युजिक भिडियोमा अभिनय गर्दै आएको र आफैले सिकेको क्षेत्रमा केही नयाँ काम गर्ने उद्देश्यले क्लब सञ्चालनमा ल्याएको बताइन् । क्लबले सुलभ मूल्यमा डान्स तथा जुम्बा कक्षा दिने व्यवस्था र विभिन्न नृत्य (डान्स)सिकाउने छ भने जुम्बाका कक्षाहरु पनि सञ्चालन गरिने सञ्चालक अनु खड्काले बताइन् । खड्काले ३ दर्जन भन्दा बढी गितहरुमा अभिनय गरिसकेकी छन । उनले सुनै फल्ने देश,भौंसाकी गोठाली,मेरा गाउँ जाल्लीकी ,नमेट्टिने तेरो माया,तु अब अर्काकी भैगै,वारी कञ्चनपुर,पैतल मिला चट्ट,झल्का तिलहरी,डेउडा झमाझम,अधुरी रै भेट,तड्पी बाँचनु कति,परेलीका आँशु,परानी रुन लाग्यो लगायत गितमा जिवन्त अभिनयकै कारण उनी पछिल्लो समय मोडलिङ्कमा पनि व्यस्त हुने गरेकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply