You are currently viewing काभा च्याम्पियन्स लिग : हेल्प नेपालले काजाकस्तानको बलियो क्लब हरायो,फाइनल सम्भावना जीवितै
Photo : CAVA - Central Asian Volleyball Association

काभा च्याम्पियन्स लिग : हेल्प नेपालले काजाकस्तानको बलियो क्लब हरायो,फाइनल सम्भावना जीवितै

५ श्रावण,२०८२ : हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा पुरुष च्याम्पियन्स लिगमा  तेस्रो जित हासिल गर्दै प्रतिस्पर्धात्मक सुरुआतलाई निरन्तरता दिएको छ ।सोमबार काजाकस्तानको बलियो क्लब जेटएचकेमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै हेल्प नेपालले ४ खेलबाट ८ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको जेटएचके खेल संख्या समान भए पनि ९ अंकका साथ अग्रस्थानमा छ ।

Photo : CAVA – Central Asian Volleyball Association

माल्दिभ्सका धिवेही सिफाइन्स क्लबलाई ३–२ र एचडिसीलाई ३–१ ले पराजित गर्दै हेल्प नेपालले सुरुवाती दुई खेलमा सशक्त प्रदर्शन देखाएको थियो । यद्यपि तेस्रो खेलमा हेल्प नेपाल ​किर्गिस्तानको बिस्केकसँग ३–२ ले पराजित भयो । चाैथो  खेलमा उत्कृष्ट पुनरागमन गर्दै हेल्प नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । चार खेलमा तीन जित र एक हार हासिल गर्दै उसले ८ अंक जोडेको छ ।

Photo : CAVA – Central Asian Volleyball Association

प्रतियोगिताको लिग चरणको अन्तिम खेल मंगलबार हेल्प नेपालले श्रीलंकाको पोर्च अथुरिटी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो निर्णायक खेलले हेल्प नेपालको फाइनल यात्रामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply