You are currently viewing काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिप / पहिलो सेटमा उज्वेकिस्तान पराजित

काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिप / पहिलो सेटमा उज्वेकिस्तान पराजित

असोज २६,धनगढी: काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपको उपाधिका लागि उज्वेकिस्तानसँग खेलिरहेको नेपालले पहिलो सेटमा उज्वेकिस्तानलाई २७ २५ ले पराजित गरेको हो । श्रीलंकामा जारी पहिलो संस्करणको काभा यू–२० मेन्स भलिबल च्याम्पियनसिपमा प्रतियोगीताको दोश्रो स्थानमा रहँदै नेपाल स्वर्णपदका लागि खेलिरहेको हो । उज्वेकिस्तान सतप्रतिशत जित सहित फाइनल प्रवेश गरेको हो । उसले समूह चरणका सबै ५ खेलमा जित निकालेको छ ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन । समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपालले तुर्कमेनिस्तानलाई हराएको थियो । नेपालले समूह चरणमा श्रीलंका र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग हार व्यहोरेको थियो । अहिले नेपाल र उज्वेकिस्तान दोश्रो सेट खेलिरहेका छन ।

Leave a Reply