You are currently viewing किर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टलाई गृहनगरमा विशेष सम्मान

किर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टलाई गृहनगरमा विशेष सम्मान

किर्तिमानी तेक्वान्दो खेलाडी ओलम्पियन दीपक विष्ट धनगढीमा सम्मानित भएका छन । कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको १९औं सुदूरपश्चिम महोत्सवको समापन समारोहमा बिस्टलाई विशेष सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सकारका अर्थराज्यमन्त्री प्रकाश बहादुर बमले दोसल्लासहित सम्मान पत्रले सम्मान गरेका हुन । सुदूरपश्चिममा जन्मिएर खेलकुदका माध्यमबाट नेपाल र नेपालीको शिर उचो बनाएको भन्दै बिष्टलाई गृहनगरमा विशेष सम्मान गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर राज ओझाले जानकारी दिए ।

बिष्टले दक्षिण एसियाली खेदुकद सागमा कीर्तिमानी चार स्वर्ण जितेका थिए भने एसियन्स गेम्समा दुई काश्य जित्दै ओलम्पिकमा छनोट हुने दोस्रो नेपाली खेलाडी हुन् ।

२०७१ माघ १७ गते सकृय खेलजिवनबाट सन्यास लिएका बिष्ट पछिल्लो समय पनि खेल र खेलाडीका क्षेत्रमा सकृय भएर लागिरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply