You are currently viewing कृष्णपुरको ऐश्वर्य सामुदायिक वनमा पचास हजार फलफूल र बेतबाँसका विरुवा हुर्किदै

कृष्णपुरको ऐश्वर्य सामुदायिक वनमा पचास हजार फलफूल र बेतबाँसका विरुवा हुर्किदै

असोज १९ गुलरीया : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको एक सामुदायिक वनमा फलफुल खेती गरिएको छ । कृष्णपुर नगरपालिका १ दोमिल्लाको ऐश्वर्य सामुदायिक वनमा फलफुल खेती गरिएको हो ।स्थानीय सरकारले मल्टिप्रपोज उदेश्यका साथ चुरेफेदमा रहेको ऐश्वर्य सामुदायिक वन क्षेत्रभित्र विभिन्न प्रजातिका फलफुल लगायतका बिरुवा रोपिएका छन । कृष्णपुर स्थानीय सरकारले उक्त सामुदायिक वनको क्षेत्रभित्र बेलदेखि चिउरीखेती गरेको छ ।

कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाले वन पर्यावरण सरक्षणका साथै स्थानीयहरुलाई रोजगारीका कार्यक्रमा जोड्नका लागि सामुदायिक वनमा फलफुल खेतीको योजना ल्याएको बताए । मेयर ओझाले फलफुलका लागि सम्भावना रहेको उक्त सामुदायिक वनमा निःशुल्क बिरुवा वितरण गरिएको बताए । ‘हामीले वाणी सव डिभिजन वन कार्यालय मार्फत नर्सरी बनाएर उत्पादन गरेका फलफुलका बिरुवा ऐश्वर्य सामुदायिक वनलाई वितरण गरेका थियौँ, त्यतिमात्रै होईन, बृक्षारोपणमा पनि सघाएका हौँ ।’

कृष्णपुरका सामुदायिक वनमा दाल्चिनी,चिउरी,बेल लगायतका विरुवा हुर्किदै

उक्त सामुदायिक वनमा २० हजार बेलका बिरुवा, २ हजार ५सय चिउरी, ७ हजार दालचिनी, १० हजार कागती, अमलाका साथै नेपियर घाँसका बिरुवा निःशुल्क उपलब्ध गराएको मेयर ओझाले बताए । ‘नगरको दोमिल्ला उत्तरी चुरे भेग मह पकेट क्षेत्रका लागि अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो, ‘मेयर ओझाले भने, ‘हामीले त्यहाँ अहिले २५सय बिरुवा रोपेका छौँ, भावि दिनमा मह र अन्य जनावरका लागि समेत आहारा उत्पादन हुनेछ।’

दोमिल्ला क्षेत्र जंगली हात्ती प्रभावित भएकाले बेतबाँस र बेलखेती गरिएको मेयर ओझाले बताए । ‘स्थानीयलाई भावि दिनमा स्वदेशमै रोजगारी उद्यमका लागि पनि बेलखेती महत्वपूर्ण छ, ‘बेलबाट जुस सहित उपभोगका लागि सहज उपलब्ध हुनेछ ।’ खानाका परिकारमा हाल्नका लागि दानचिनीका बिरुवा समेत रोपिएका छन । कृष्णपुर नगरपालिका ५गुलरियाको हरियाली सामुदायिक वनमा समेत २० हजार बेतबाँसका बिरुवा रोपिएका छन ।

कृष्णपुरको ऐश्वर्य सामुदायिक वनमा दाल्चिनी,चिउरी,बेल लगायतका विरुवा वृक्षारोपण गरेको क्षेत्रमा पत्रकारसँग प्रतिक्रिया दिदै नगरप्रमुख हेमराज ओझा

५ मै रहेको आयुर्वोद अस्पतालका लागि तिर्थराज चुर्ण बनाउन र्हरोर्बरो, अमलाको समेत समेत गरिएको बताए । मेयर ओझाले कृष्णपुर नगरपालिकालाई फलफुलदेखि विभिन्न मौलिक जटिबुटी उत्पादन गरेर एकातिर पर्यावरण स्वच्छ राख्ने अर्कातिर स्थानीय आम्दानीका कार्यक्रममा जोड्ने उदेश्य रहेको बताए । ऐश्वर्य सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीले पालिकाबाट निःशुल्क पाईएका बेल, कागती, अमला, बेदबाँस,चिउरी, दालचिनी, लगायतका बिरुवा झण्डै ६० हेक्टर जमिनमा उत्पादन गरिएको बताए । ‘हामीले झाँडी सफाई गरेर बिरुवा रोपेका छौँ, ‘उनले भने, ‘सबै बिरुवाको सरक्षण गर्दै भावि दिनमा पर्यावरणका साथै आम्दानी बृद्धिका कार्यक्रममा उपभोग गछौँ ।’

ऐश्वर्य सामुदायिक वनका अध्यक्ष ईन्द्र बुढाले स्थानीय कृष्णपुर सरकारले आफ्नो सामुदायिक वनभित्र फलफुलका बिरुवा रोपेर वन सरक्षणका साथै उपभोक्ताको आम्दानीका लागि ल्याएको योजनाले स्थानीय लाभान्वित हुने बताए । ‘वनभित्र लगाएको चिउरीले मौरीपालनदेखि जुस व्यवसायका लागि प्रत्यक्ष लाभ हुनेछ, ‘अध्यक्ष बुढाले भने, ‘पालिकाले ल्याएको योजनाले सामुदायिक वनबाट बहुपयोगी लाभ यसरी नै लिन सकिन्छ ।’ अध्यक्ष बुढाले पालिका सरकारले लगाएका बिरुवाको सरक्षण प्रर्बद्धन गर्ने बताए ।

कृष्णपुर नगरपालिका वडा न.१ ऐश्वर्य सामुदायिक वन क्षेत्रमा रहेको प्राकृतिक नेउलाड ताल

कृष्णपुर स्थानीय सरकारले समेत पर्यावरण सरक्षणका साथै नगरबासी जनताको आर्यआर्जनका थप प्रभावकारी कार्यान्वयन ल्याउने प्रतिज्ञा गरेको छ । स्थानीय सरकारको उक्त योजनाप्रति स्थानीय नागरिक समेत खुसी देखिएका छन । स्थानीय रतनलाल धामीले स्थानीय सरकारले सामुदायिक वनमा ल्याएको फलफुलखेती योजनाले पर्यावरणदेखि व्यवसाय वृद्धिका कार्यक्रममा टेवा पुग्ने बताए ।

Leave a Reply