You are currently viewing कृष्णपुरमा प्रभावकारी बन्दै “नागरिकसँग मेयर कार्यक्रम”,४ महिनामा ३२ हजार नगरबासीले घरदैलोमै लिए सेवा

कृष्णपुरमा प्रभावकारी बन्दै “नागरिकसँग मेयर कार्यक्रम”,४ महिनामा ३२ हजार नगरबासीले घरदैलोमै लिए सेवा

३० असार,२०८२ : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्वास्थ्य र शिक्षामा निरन्तर जनमुखी काम गर्दै आएको छ । नगरपालिकाले सञ्चालन गरेको ‘नागरिकसँग मेयर’ ( नसर्ने रोगको घरदैलो मै परिक्षण ) कार्यक्रम अन्तर्गत हालै सम्पन्न घरदैलो स्वास्थ्य परीक्षण अभियानमा ३२ हजार ५ सय ५५ बढी नगरवासीको स्वास्थ्य परीक्षण गरिएको छ ।

नगरप्रमुख हेमराज ओझाले २०७९ जेठमा निर्वाचित भएर आएपछि सुरुवातमै नगरको शिक्षा र स्वास्थ्यमा सर्वसाधारणको पहुँच र सर्भसुलभ बनाउने योजना सहित अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोहि अनुरुप अहिले नगरप्रमुख ओझाले कृष्णपुरका सामुदायिक विद्यालय र स्वास्थ्य चौकीको स्तरोन्ती गर्दै नगरबासीको मन जितिरहेका छन ।

नगरप्रमुख हेमराज ओझाको अग्रसरतामा कृष्णपुर नगरपालिकाले जनस्वास्थ्यलाई उच्च प्राथमिकता दिएको छ । ‘नागरिकसँग मेयर’ कार्यक्रम अन्तर्गत हालै सम्पन्न घरदैलो स्वास्थ्य परीक्षण अभियानमा ३२ हजारभन्दा बढी नगरवासीको स्वास्थ्य परीक्षण गरिएको छ, जुन यस क्षेत्रमै अभूतपूर्व मानिएको छ । आर्थिक वर्ष २०७९-०८०,२०८०- ०८१ र २०८१ – ०८२ गरेर नागरिकसँग मेयर कार्यक्रमको यो तेश्रो चरण हो । नागरिसँग मेयर कार्यक्रम अन्तर्गत आफ्नो घरमै आएर स्वास्थ्यक्रर्मीले आफ्नो स्वास्थ्य बारे बुझ्दा नगरबासीले खुशी व्यक्त गरेका छन । यो कार्यक्रम निकै प्रभावकारी रहेको भन्दै उनीहरुले यस कार्यक्रलाई निरन्तरता दिन नगरप्रमुख हेमराज ओझालाई भेटमा आग्रह गरेका छन ।

उक्त अभियानमा नगरका स्वास्थ्यकर्मीहरू, स्वयंमसेवक, वडा प्रतिनिधिहरूको समन्वयमा नगरका सबै वडामा सबै नागरिकका घरमै पुगेर नागरिकको स्वास्थ्य अवस्था परीक्षण गरियो । अभियानमा उच्च रक्तचाप, मधुमेह, युरिनमा प्रोटिनको मात्रा, कुष्ठरोग, टीबी, तथा खोप छुट भएका बालबालिकाको पहिचान गरी तुरुन्तै उपचार प्रक्रिया सुरु गरिएको छ ।

नगरप्रमुख ओझाको निर्देशनमा अब प्रत्येक वर्ष यस्तो स्वास्थ्य परीक्षण कार्यक्रम संस्थागत गरिनेछ । साथै, उनले कृष्णपुर स्वास्थ्य चौकीमा आइसियु सुविधा सहितको सर्पदंश उपचार सेवा सञ्चालनको तयारी गरिरहेको बताए । सर्पदंश जस्ता आकस्मिक स्वास्थ्य समस्यामा तत्काल उपचार होस् भनेर बजेट विनियोजनसहित पूर्वाधार निर्माणको काम अघि बढाइएको छ ।

यस्तै, नगरमा निःशुल्क ९८ प्रकारका औषधि, निःशुल्क एम्बुलेन्स सेवा, विशेष स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ । नगरपालिका परिसरमा रहेको कृष्णपुर स्वास्थ्य चौकीले २४सै घण्टा सेवा दिइरहेको छ ।स्वास्थ्य चौकीमा चेकजाँच गर्न आएका बिरामीले पर्चा देखि लिएर औषधी र प्रयोगशाला सेवा निशुल्क पाउँदै आएका छन । त्यसैगरी नगरपालिकाले एक जना मेडिकल अफिसरका रुपमा डा.दिलिप देउवालाई नियुक्त गर्दै निरन्तर सेवा प्रवाह गर्दै आएको छ । मेडिकल अफिसर सहित २४सै घण्टा सेवा दिइरहेको सम्भवत यो नेपालकै पहिलो स्वास्थ्य चौकी हो ।

स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्टले भने, “हामीले नगरका सबै वडामा पुगेर सेवा उपलब्ध गरायौँ। परीक्षणपछि देखिएका समस्या समाधानका लागि आवश्यक औषधि, परामर्श र रिफर सेवा पनि उपलब्ध गराइएको छ। यो कार्यक्रमले समुदायस्तरसम्म स्वास्थ्य सेवा पु¥याएको छ ।”

नगर उपप्रमुख द्रोपदी रानाले अभियानको सामाजिक पक्षलाई जोड दिँदै भनिन्, “हाम्रो अभियानले महिला, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा र दीर्घरोगीहरूको स्वास्थ्य सुरक्षामा गम्भीर चासो देखाएको छ। यो मात्र कार्यक्रम होइन, जनताको विश्वास जित्ने माध्यम पनि हो।”

स्वास्थ्य परीक्षणका क्रममा उच्च रक्तचाप, मधुमेह, युरिनमा प्रोटिनको मात्रा, कुष्ठ र क्षयरोगका नयाँ केसहरू पहिचान हुनु तथा खोप छुट भएका बालबालिकालाई लक्षित उपचार प्रक्रिया सुरु गर्नु नगरको सार्वजनिक स्वास्थ्यप्रतिको प्रतिबद्धता दर्शक उदाहरण बनेको छ । कृृष्णपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एव वडा न ५ का अध्यक्ष टेक पाण्डेयले भौतिक संरचना निर्माण तथा सडक,पुल पुलेसो भन्दा पनि नागरिकको स्वाथ्य महत्वपूर्ण भएकाले हाम्रो टिमले स्वास्थ्य क्षेत्रलाई गम्भिरताका साथ लिएर काम अगाडी बढाइ रहेको बताए ।

कृष्णपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गत फागुनबाट सुरुवात गरिएको तेश्रो चरणको नागरिकसँग मेयर ( नसर्ने रोगको घरदैलो मै परिक्षण ) कार्यक्रमको सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै समापन गरिएको छ ।

उक्त कार्यक्रम नगरप्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न हुँदा सभापति कृृष्णपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एव वडा न ५ का अध्यक्ष टेक पाण्डेय रहेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख द्रोपति राना,अतिथिमा वडा सदस्यहरु चक्र रैकाल,लक्ष्मी सुनार लगायत कृष्णपुर नगरपालिकाका सबै स्वास्थ्य शाखा युनिटका कर्मचारी,स्थानीय र सञ्चारक्रमीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply