माघ ८,धनगढी : सडक कालोपत्रेका लागी पर्याप्त बजेट नहुने भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सडक ग्राभेल र पानी पिच लाई अभियानलाई यसपाली पनि निरन्तरता दिएको छ । नगरपालिकाले प्रत्येक वर्ष ९ वटै वडामा ५/ ५ किलोमिटर सडक पानी पिच गर्दै आएको छ ।
हरेक वडामा माग अनुसार नगरपालिका आफैले पानी पिच गर्न थालेपछि ५ बर्षे कार्यकालमा ग्राभेल तथा पानी पिच युक्त नगर भन्ने अपेक्षामा जनप्रतिनिधी छन् । भौगोलिक हिसाबले ठुलो तर आर्थिक हिसाबले निकै न्युन आम्दानी भएको कृष्णपुर नगरपालिकाले कम लागतमा बढी उपलब्धी देखाउने उद्देश्यले आफै ग्राभेल तथा पानी पिच थालेको छ । नगरप्रमुख हेमराज ओझाले ठेक्का या उपभोक्ता समिति मार्फत काम गर्दा बजेटको दुरुपयोग हुन थालेपछि नगरपालिकाले आफैले निर्माण सामग्री खरिद गरेर सडक पानीपिच वडा न। ४ को मालुबेला बस्तीबाट गर्न थालेको बताए ।
कृष्णपुर नगरपालिकामा चालु आर्थिक वर्षमा थप ४५ किलोमिटर सडक पानीपिच गरिदैं छ । नगरपालिकाका ९ वटै वडामा ४५ किलोमिटर सडक पानीपिच गर्नका लागि डेढ करोड बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । उनले ठूलो भूगोल भएको कृष्णपुरमा नगरको बजेटले सडक कालोपत्रे मात्रै गर्दा वर्षौ सम्म पनि पिच नहुने देखिएकाले जनतालाई सहजताहोस भनेर सबैठाउँमा एकै पटक सडक पानी पिच गर्न लागिएको बताए । नगरपालिकाले आफैले सडक पानीपिच गर्दा थोरै बजेटमा पनि धेरै काम भएको उनको भनाइ छ । नगरप्रमुख ओझाले आफ्नो कार्यकालमा सबै वडाका सडक स्तरोन्नती गर्ने उद्देश्यका साथ काम अगाडि बढाइरहेको बताए । नगरपालिकाले सडक कालोपत्रे गर्नको लागि पनि चालु आर्थिक वर्षमा प्रत्येक वडामा ४०र४० लाखका दरले बजेट विनियोजन गरेको जनाएको छ ।
बिगतको अभ्यास अनुसार उपभोक्ता समितिबाट एक किलोमिटर पानीपिच गर्दा १० लाख बजेट खर्च हुने देखियो । नगरपालिका आफै गर्दा १० लाख बजेटमा १० किलोमिटर बराबर ग्राभेल तथा पानी पिच भएको छ । नगरपालिकाका अनुसार हाल आवश्यक पर्ने लोडर, ग्रेडर, भ्याकु र टिप्पर खरिद गरेको छ । हाल थप ३ टिप्पर भाडामा लिएर नगरपालिका आफैले प्रत्येक वडामा पानीपिच गरिरहेको छ ।
कृष्णपुर नगरपालिकाले ४ नम्बर वडामा पानीपिच गर्दै खर्च कम र उपलब्धि बढाएको छ। नगर प्रमुख हेमराज ओझाले ५ वर्षको कार्यकालमा सबै वडा पानीपिच युक्त बनाउने लक्ष्य राखेका छन्। उनले भने, “पूर्वमा पानीपिच र ग्राभेलको बजेट बालुवामा पानी हालेझैँ भइरहेको थियो, तर अब नगरपालिका आफैले आवश्यक उपकरणहरू खरिद गरेर कम खर्चमा धेरै पानीपिच गरिरहेका छौँ।” ओझाले हाल खर्च कम हुँदा थोरै बजेटमा धेरै काम भइरहेको र सडक मर्मतका लागि पनि आफ्नै उपकरण प्रयोग गरिरहेको बताए। उनका अनुसार, बजेटको सदुपयोग गर्दै कार्यकालमा धेरै सडक पिच र सबै सडक पानीपिच गर्ने लक्ष्य राखिएको छ।
कृष्णपुर नगरपालिका, जसको वार्षिक आन्तरिक आम्दानी ८ करोड मात्रै छ, पहिले सो रकमले ग्राभेलसम्म गर्न सकेको थिएन। अब, नगरपालिका नयाँ कदम चालेकोले वार्षिक ५० लाख बजेटमा ४५ किलोमिटर सडक पानीपिच गर्दैछ। वडा नम्बर ४ का अध्यक्ष धर्म बहादुर सिंहले भने, “पहिले १० लाखमा १ किलोमिटर पिच हुन्थेन, अहिले कम बजेटमा धेरै सुविधा दिइन्छ।” आवश्यक उपकरण खरिद गरेर जनतालाई सहज सडक मार्ग बनाउने प्रयास गर्दैछौ। उनका अनुसार, यी उपकरणको सदुपयोगले थोरै बजेटमा धेरै सेवा दिन मद्दत पुग्नेछ।
कृष्णपुर नगरपालिकाले पानीपिच र ग्राभेलसँगै शिक्षा र स्वास्थ्यमा पनि प्राथमिकता दिएको छ। नगरपालिकाले निस्शुल्क स्वास्थ्य सेवा र आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै शैक्षिक गुणस्तर सुधारको लागि विद्यालय समायोजनमा जोड दिएको छ।