फागुन ०१,धनगढी : कृष्णपुर वडा न.३ नन्द माध्यमिक विद्यालयमा दुई तले पक्की ४ कोठे भवनको शिलान्यास गरिएको छ । बुधबार कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेम राज ओझाले उक्त भवनको शिलान्यास गरेका हुन ।
कार्यक्रममा वडा अध्यक्ष खेम राज चौधरी, वडा सदस्य भिम राज जोशी, विद्यालय व्यवस्थापन समिती अध्यक्ष दिपक खत्री, प्रधानाध्यापक भुवन राज पन्त र अन्य स्थानीय अगुवा, समाजसेवी र अभिभावकहरूको समेत उपस्थिति थियो।
नगर प्रमुख हेम राज ओझाले यस अवसरमा विद्यालयको संरचनामा भएको सुधार र भवनको शिलान्यासले विद्यार्थिहरूको अध्ययन वातावरणलाई थप सुदृढ बनाउने बताएका थिए। उनले नगरप्रमुख ओझाले विद्यालयको भौतिक संरचना सुधारसँगै शैक्षिक गुणस्तरमा पनि सुधार ल्याउनुपर्ने बताएका छन ।
विद्यालय व्यवस्थापन समिती अध्यक्ष दिपक खत्रीले विद्यालयमा नयाँ भवनको निर्माणले विद्यार्थिहरूलाई आरामदायक र सुरक्षित अध्ययन वातावरण दिने कुरामा विश्वास व्यक्त गरेका थिए। प्रधानाध्यापक भुवन राज पन्तले नयाँ भवनको शिलान्यासका लागि सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै भविष्यमा विद्यालयको शैक्षिक स्तरमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे। स्थानीय अगुवा र समाजसेवीहरूले पनि यस महत्वपूर्ण कार्यमा सक्रिय सहभागिता जनाउने प्रतिवद्धता जनाएका थिए।