पौष २३,धनगढी : कृष्णपुुर नगरपालिकाको आयोजना नगरपालिका स्तरीय १५औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगीता सुरु भएको छ । मंगलबार वडा न.२ वाणीमा रहेको सरस्वती माविको खेल मैदानमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले रनिङ्ग शिल्ड छनोट प्रतियोगीता उद्घाटन गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री थापाले खेलकुदको मेरुदण्ड भनकै विद्यालयस्तीय प्रतियोगीता भएको हुँदा यसलाई सबै सरोकारवालाले गम्भिरतका साथ लिनुपर्ने बताएका छन । उनले राज्यले खेलकुदबाट पहिचान खोज्ने तर लगानी कम गर्ने गरेको कारण पनि नेपाली खेलकुदले गति लिन नसकेको बताएका छन । मन्त्री थापाले आफूलाई कृष्णपुरबासीले पटकपटक माया गरेको भन्दै यस नगरपालिकाको विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
नगरपालिका स्तरीय १५औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगीता मुल समारोह समितिका संयोजक एवं कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य मार्फत वडा न.२ का अध्यक्ष अर्जुन साउँदले सम्पूर्ण अतिथिहरुलाई स्वागत गरेका थिए भने सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता चौधरी पूर्व प्रदेश सभा सदस्य देवराज पाठक,महेश दत्त जाशी,नगर खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुबेर बहादुर खड्का,पूर्व नगर प्रमुख कर्ण हमाल र कृष्णपुर नगरपालिकाका नगरउपप्रमुख द्रोपति रानाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले गरेका थिए ।
पौष २५ गतेसम्म सञ्चालन हुने १५औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगीतामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी २६ विद्यालयले सहभागीता जनाएका छन ।