चैत्र १३,धनगढी : बझाङमा एक विद्यार्थीले एसइई परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरेकी छन् । केदारस्यूँ गाउँपालिका–१ की अन्दाजी १६–१७ बर्षकी आकांक्षा मल्लले हिजो एसइई परीक्षा बिग्रेको भन्दै आत्महत्या गरेको खुलेको छ । केदारस्यूँ गाउँपालिका–१ स्थित गर्जेपानी मावि रायलमा उनी अध्ययनरत थिइन । हिजो मङ्गलवार अनिवार्य विज्ञान विषयको परीक्षा बिग्रेको भन्दै उनले यस्तो निर्णय लिएकी खुलेको छ ।
स्थानीयका अनुसार छात्राले परीक्षाफलमा असफलताका कारण ठुलो मानसिक तनाव भोगेको र गहिरो निर्णयमा पु¥याएको अनुमान गरिएको छ। बिहान परीक्षा दिएर घरमा आएकी उनी साँझ ५ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन मृतक मल्लका वुवा पुर्ण बहादुर मल्ल सोहि विद्यालयमा कार्यरत शिक्षक हुन । मल्ल डोटेली लोक साहित्यमा राम्रो दख्खल राख्दछन ।अत्यन्तै मिठो वाचन शैलीका कारण मल्ल सुदूरपश्चिमका विभिन्न ठाउँमा गजल वाचन गर्न गैरहेन्थे । छोरीले अल्पआयुमै देह त्याग गरेपछि यतिबेला मल्ल परिवार भावविह्वल बनेको छ । केहि महिना अघि मात्रै बुवा पूर्ण बहादुर मल्लले छोरीको चुल्ठी बाटिरहँदा बुवालाई मुक्तक सुनाउन आग्रह गरेकी थिइन । बुवाले छोरीको चुल्ठी बाट्दै बडो प्रेमपूर्वक यस्तो मुक्तक सुनाएका थिए ।
मुक्तक
झट्का दिइरहने करेन्टको पावर जस्तो
मसक्क मस्कँदा तिमि शून्य आवर जस्तो
मेरि छोरीको मूड पनि त्यस्तै छ हजुर
बेला बेला गैरहने एनटिसीको टावर जस्तो