कार्तिक २६,धनगढी : डोटीको पूर्बिचौकी गाउपालिका टिमुरदह स्थित कैलपाल देवताको प्रचारप्रसार तथा सम्बर्द्धनमा स्थानीयहरु एकसाथ जुटेका छन। विगत लामो समयसम्म सम्पन्न हुन नसकेको यस पूजालाई सम्पन्न गर्ने उदेश्यका साथ उनिहरु तयारीमा लागेका छन। परापूर्वकालमा भव्यताकासाथ गरिने यो कार्य केही समयदेखि भने अलपत्रै थियो। प्रख्यात दुधधारी देवता कैलपाल एक निकै नै शक्तिशाली र हर्षित देवताका रुपमा पुजिन्छ। आफ्नो मनोकामना पूर्तिगर्न र शुभेच्छा राख्न भक्तजनको बाक्लो उपस्थिति यहाँ हुन्छ तर सरकारवालाको वेवास्ता र स्थानीयबिचको अन्योलले गर्दा यो शक्तिपिठ जिर्ण बन्दै गैरहेको थियो। यसबाट निराश भएका स्थानीय र शुभचिन्तकहरुको प्रयासबाट पुनः यसको सोधखोज गरिदै छ।
ढाँट परिवारका सबै हर्षका साथ यस पूजामा सहयोग र समावेश हुने तर्खरमा छन। आउदो चैत्रमा हुने यो पूजाको तयारी धुमधामका साथ भैरहेको प्रचारप्रसार समितिका अध्यक्ष राम बहादुर ढाँटले जानकारी दिए । अध्यक्ष ढाँटले सबै शुभचिन्तकहरुलाई साथ र सहयोग गर्नसमेत अपिल गरेका छन ।