You are currently viewing कैलालीका बिष्टलाई खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार /@DineshBist

कैलालीका बिष्टलाई खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार /@DineshBist

असार ४,धनगढी : स्टेटसेभेन अनलाइनका सह-सम्पादक तथा सगरमाथा टेलिभिजनका कैलाली संवाददाता दिनेश बहादुर बिष्टलाई राष्ट्रिय खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष समेत रहेका बिष्टलाई युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिने खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको हो । उनीसँगै देशभरका ९ जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय प्रोत्साहन पुरस्कार तथा एक जनालाई खेलकुद पत्रकार सम्मान प्रदान गरिने भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार आर्थिक वर्ष २०८१र८२ को पुरस्कारका लागि आवेदन आह्वान गरेपछि प्राप्त आवेदनहरूको मुल्याकंन गरेर छनोट गरिएको हो ।

पुरस्कार स्वरूप प्रत्येक पत्रकारलाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिने भएको मन्त्रालयले जनाएको छ । सह सम्पादक बिष्ट करिब १ दशक देखी पत्रकारितामा सक्रिय छन् । मन्त्रालयले राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०८१ को आधारमा मूल्याङ्कन गरी देश भरका पत्रकारहरूलाई पुरस्कारका लागि सिफारिस गरेको हो । छिट्टै एक विशेष समारोह बीच पुरस्कृत पत्रकारहरूलाई सम्मान गर्ने मन्त्रालयले जनाएको छ ।

कोशी प्रदेशबाट मुकुन्द घिमिरे, मधेशबाट सरदचन्द्र भट्टराई, बागमतीबाट बिक्रम कुमार बानिँया, गण्डकी प्रदेशबाट दिननाथ बराल, लुम्बिनीबाट स्वस्तिक श्रेस्ठ, कर्णालीबाट दिनेश कुमार बुढा र सुदुरपश्चिमबाट दिनेश बहादुर बिष्ट खेलकुद पत्रकारिता प्रोत्साहल पुरस्कारका लागी सिफारिश भएका हुन् । यस्तै समावेशी महिला तर्फ नमिता दाहाल, समावेशी दलित तर्फ रुपा गहतराज र काठमाण्डौँका त्रिलोचन राजोपाध्यायलाई खेलकुद पत्रकारिता सम्मानका लागी सिफारिश गरिएको छ ।

 

Leave a Reply