सुदूरपश्चिम प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम कैलालीको खानीडाँडामा सम्पन्न भएको छ। असार २ गरे सोमवार देखि सुरु भएको तालिम आज ३ गते समापन गरिएको हो । खेलकुद विधालाई पत्रकारिता मार्फत उजागर गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्य र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको तालिममा विभिन्न मिडियामा कार्यरत ३० जना पत्रकारको सहभागिता रहेको थियो। दुई दिने तालिममा फुटबल, एथलेटिक्स। भलिवल, क्रिकेट लगायतका खेलमा कसरी समचार लेख्ने भन्ने विषयमा पत्रकार सिताराम ओझा, हरि प्रसाद जोशी र नवराज पनेरुले तालिम दिएका थिए ।
प्रशिक्षार्थीका रुपमा सहभागी भएका पत्रकार महेश बडुले यो तालिम आफुहरुलाई ठुलो सहयोग गरेको बताए। खेल विधा पत्रकारिताका लागि यो तालिम ज्यादै उपयोगी रहेको बडुले बताए। यस्तै तालिममा सहभागी रहेकी प्रशिक्षार्थी रक्षा बाग्चनले खेल क्षेत्रमा कलम चलाउन प्रेरित गरेको बताइन् ।
खेलकुद प्रत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदिप पाठकको अध्यक्षतामा सुरु भएको समापन समारोहमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव बैकुण्ठ पराजुली, नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवा, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश सदस्य कृत विष्ट, बरिष्ठ पत्रकार दिपक उपाध्याय, खेलकुद पत्रकार मञ्चका पदाधिकारी र प्रशिक्षार्थीको सहभागितामा कार्यक्रम समापन गरिएको हो ।
खेलकुद विधामा कलम चलाउने पत्रकारका लागि तालिम उपयोगी रहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदिप पाठकले जानकारी दिए । पाठकले तालिम प्रश्चात सहभागीह पत्रकारहरुले आफ्नो पत्रकारितामा खेल विधालाई लागु गर्न समेत सुझाव दिएका छन्। अध्यक्ष पाठकले आगामी दिनमा पनि छुटेका पत्रकारहरु लाई तालिममा सहभगि गराइने जानकारी दिए ।