कैलाली : पत्रकार महासंघले महासंघको ७० औं स्थापना दिवसलाई जिल्लाभर विविध कार्यक्रम गरी मनाउने भएको छ । कैलाली पत्रकार महासंघ अध्यक्ष श्रवण देउवाले स्थापना दिवसका स्वास्थ्य कार्यालयको सहकार्यमा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ सञ्चालन गर्ने बताएका छन । शनिबार नेपाल पत्रकार महासंघको ७० औँ स्थापना दिवस हो ।
बिहिबार धनगढीमा महासंघको बैठकले पनि स्थापना दिवसलाई भव्य र सव्य तरिकाले मनाउने निर्णय गरेको थियो । कैलालीमा शनिबार चार भागमा विभाजन गरेर कार्यक्रमको आयोजना गरिदैँ छ । धनगढी, टिकापुर, लम्की र सुखडमा गरी चार भागमा कार्यक्रमको आयोजना गरिने भएको हो । धनगढीमा विहान राष्ट्र बैंक चोक बाट महासंघको कार्यलय परिसरमा प्रभात फेरि निस्कने छ । यस्तै पत्रकार आचारसंहिताको विषयमा अन्तरक्रिया कार्यक्रमको समेत आयोजा गरिने भएको छ । यस्तै गरी सुखड, लम्की र टिकापुरमा समेत प्रवात फेरि कार्यक्रम र आचारसंहितका बारेमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिने छ ।
शनिबार पत्रकार महासंघ कैलालीले दिवसलाई कसरी मनाउने भन्ने विषयमा धनगढीमा विभिन्न संघ संगठनका पत्रकारहरु बीच छलफल समेत गरिएको हो । महासंघलाई सबैको अपनत्व हुने गरी कार्यक्रमको आयोजना गरिन लागेको अध्यक्ष देउवाले बताए ।