You are currently viewing कैलाली अस्पताल प्रालि र कैलाली जिल्ला फुटबल संघ बिच सम्झौता पत्रमा हस्ताक्षर

कैलाली अस्पताल प्रालि र कैलाली जिल्ला फुटबल संघ बिच सम्झौता पत्रमा हस्ताक्षर

भाद्र २३,धनगढी : कैलालीको धनगढीमा रहेको कैलाली अस्पताल र जिल्ला फुटबल संघ कैलाली बीच २ वर्षका लागि सम्झौता भएको छ । आइतबार धनगढीको पौवा होटलमा एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष तथा एसियाली फुटबल महासंघ (एएफसी) का कार्यकारिणी सदस्य पंकज बिक्रम नेम्वाङको विशेष उपस्थितिमा कैलाली अस्पतालको तर्फबाट अध्यक्ष जनक राज जोशी र जिल्ला फुटबल संघ कैलालीको तर्फबाट अध्यक्ष अनिल मल्लले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार जिल्ला फुटबल संघ कैलालीसँग आबद्ध फुटबल खेलाडीहरु,खेलाडीका अभिभावक,म्याच रेफ्री,कर्मचारी र जिल्ला फुटबल संघ कैलालीका पदाधिकारी तथा सदस्यहरुलाई सहुलियत दरमा कैलाली अस्पतालमा उपचार हुने जनाइएको छ ।

 

त्यस्तै खिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने जुनसुकै प्रतियोगीतामा पनि कैलाली अस्पतालले साथ दिने सम्झौता पत्रमा उल्लेख छ । कैलाली अस्पतालले पछिल्ला १२ वर्षदेखि धनगढीमा गुणस्तरीय स्वास्थ्य सेवा दिदै आएको छ । स्वास्थ्य सेवासँगै अस्पतालले सामाजिक क्षेत्रमा पनि उल्लेखनिय काम गर्दै आएको छ ।

उक्त सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा एसियाली फुटबल महासंघका कार्यकारी सदस्य एबम अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङलाई सम्मान समेत गरेको छ ।

 

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष द्वय दिपक खतिवडा र दावा लामा,केन्द्रिय सदस्यहरु, सुदुरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ,कंचनपुर फुटबल संघका अध्यक्ष गणेश चन्द,कैलाली जिल्ला फुटबल संघका पदाधिकारी तथा सदस्यहरु, कैलाली अस्पतालमा प्रबन्धक खगेन्द्र जोशी, विभिन्न फुटबल क्लबका अध्यक्ष लगायत पदाधिकारीहरु लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन सर्वाधिक रक्तदाता तथा कैलाली अस्पतालका प्रेस संयोजक दीपक उपाध्यायले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply