You are currently viewing कैलाली उद्योग वाणिज्य संघको चुनावका लागी स्वाँर प्यानलको उम्मेदवारी घोषणा

कैलाली उद्योग वाणिज्य संघको चुनावका लागी स्वाँर प्यानलको उम्मेदवारी घोषणा

१५ भाद्र,२०८२ः कैलाली उद्योग वाणिज्य संघको निर्वाचनको भदौ २८ गते निर्वाचन मिति तोकिएको छ।
नयाँ कार्यसमितिको लागि दाबेदारीका लागि दुई समूहको प्रतिस्पर्धा हुने भएको छ। अहिले उम्मेदवारहरू व्यवसायीहरुलाई आफ्नो पक्षमा पार्ने माहोल बनाउन सक्रिय बनेका छन्। संघको अध्यक्षका लागि दुई जनाले उम्मेदवारी नै घोषणा गरिसकेका छन्। अहिलेका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले अध्यक्षमा उम्मेदारी घोषणा गरेका हुन्।


स्वाँर समूहले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्यानलसँगै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। “व्यवसाय र व्यवसायीको सुरक्षाः हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ स्वाँर प्यानल चुनावमा होमिएको छ । “व्यवसायीको मुलुकमा बढ्दो योगदानलाई मुलुकको नीति निर्माण तहसम्म पुर्याउने मात्र नभई, यो हाम्रो प्रतिवद्धता हुनेछ” प्रतिबद्धतापत्रमा भनिएको छ, ’व्यवसायीलाई दैनिक क्रियाकलापमा देखिने कठिनाइ, समस्या र चुनौतिहरूको समाधानलाई नै आफ्नो पहिलो कार्यसूचीका रुपमा लिनेछौं । कैलाली उद्योग वाणिज्य संघलाई अझ सशक्त बनाउन र संघलाई थप अगाडि बढाउन अमूल्य मतबाट जिम्मेवारी बहन गर्ने अवसर दिनुहुनेछ भने व्यवसायीको साझा आस्था कायम पाउने छौं।


व्यवसाय र व्यवसायीको हकहितको लागि कानुनी तथा प्रशासनिक समस्याहरूको स्थायी विशेष पहल, स्टार्टअप, इनोभेसन र क्रियसन लगायत नयाँ उद्यमशील उर्जासाथ युवा व्यवसायीहरूको लागि कोषसमेत संचालन गर्ने, विपद् व्यवस्थापन कोषको स्थापना र उद्योग व्यवसायीहरूको चाहनाअनुसार विधान संशोधन र परिमार्जन गर्ने, बैंक तथा वित्तीय संस्था, कर, भन्सार, बीमा लगायतका हाल विद्यमान समस्याको प्रभावकारी समाधानका लागि ठोस पहल गर्ने लगायतका प्रतिबद्धता स्वाँर प्यानलको छ।
स्वाँरको प्यानलबाट केशवराज जोशी वरिष्ठ उपाध्यक्ष लड्ने भएका छन्। उनी वर्तमान उपाध्यक्ष पनि हुन्। यस्तै, उपाध्यक्ष उद्योगमा लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा अनिलकुमार भुजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी र वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु उम्मेदवार रहेका छन्। स्वाँर प्यानलबाट महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलक बोहरा र सचिवमा प्रकाशकुमार चन्द उम्मेदवार रहेका छन्। सदस्यमा रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेमबहादुर धामी, भरतबहादुर थापा, नेत्रप्रसाद तिवारी, देवराज जोशी, तेज बम, शुभशंकर ठाकुर, दिपेश राठोर, अमर चोखाल, प्रमिला पाठक र मन्जु भट्ट उम्मेदवार छन्। घोषणा कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष पुष्पराज कुँवर पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply