कैलाली कारागार घटनाको विषयमा गृहमन्त्री लेखक र मुख्यमन्त्री शाहको छलफल

२४ श्रावण,२०८२ः  गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच कैलाली कारागार घटनाको बारेमा छलफल भएको छ।
काठमाडौँमा रहनु भएका मुख्यमन्त्री शाहले शनिबार गृहमन्त्रीलाई भेटघाट गरेर कैलाली कारागार घटना र सुरक्षा सवाल लगायतको विषयमा छलफल गर्नुभएको हो। छलफलको क्रममा गृहमन्त्री लेखकले घटनालाई गम्भीरतापूर्वक लिएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए।


शुक्रबार मध्यराति कारागारको ब्लक ए का कैदीले ब्लक बी मा रहेका कैदीमाथि रड, जिमखानाको सामग्री, ढुङ्गाले अन्धाधुन्ध आक्रमण गर्दा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको ज्यान गएको छ। हिंसात्मक झडपमा परेर ४७ जना कैदी घाइते भएका छन्।
जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। गम्भीरमध्ये दुई जनाको आइसियूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
घटना पश्चात कैलाली कारागारलाई कैदीले नियन्त्रणमा लिएका छन्। उनीहरूले मूल गेटमा ताल्चा लगाइ ग्यास सिलिन्डर तेस्र्याएको जनाइएको छ। कारागारभित्र कोही पस्ने प्रयास गरे सिलिन्डर पड्काए आगो लगाउने उनीहरुको चेतावनीका कारण सुरक्षा निकायसमेत कारागारमा प्रवेश गर्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top