You are currently viewing कैलाली जनपुस्तकालयको अध्यक्षमा ओझा

कैलाली जनपुस्तकालयको अध्यक्षमा ओझा

भाद्र १९,धनगढी : सुदूरपश्चिम प्रदेशको ऐतिहाँसिक विरासत बोकेको कैलाली जनपुस्तकालयको अध्यक्षमा शिवराज ओझा निर्विरोध चयन भएका छन । बुधबार सम्पन्न ४८औँ साधारणसभाले ओझालाई निर्विरोध चयन गरेकोे हो । ओझासँग दुई कार्यकाल उपाध्यक्षको कार्यानुभव छ ।

त्यस्तै अन्य थप १० सदस्य भने निर्वाचन प्रक्रियाबाट चयन भएका छन । निर्वाचित हुनेमा टंक प्रसाद जोशी १८२ मत , राजेन्द्र रैका १७६, शेरसिहं खड्का १७६, सुवाष चन्द्र भण्डारी १७५, जयराज जोशी १५९, राधा कुमारी फुलारा १५३, डिल्ली राज ओझा समपर्ण १४६, सुशीला भट्ट १४२, टी. आर. पाठक १३८, र पदम राज जोशी १३१ मत सहित विजय भइ सदस्यमा चयन भएका छन् ।  कैलाली जनपुस्तकालय प्रबन्ध समितिको विधान २०५७ को परिच्छे ५ दफा २३ बमोजिम गठन भएको कार्यसमितिको निर्वाचनमा कुल ८२० मतदातामध्ये ३०१ मत खसेको थियो । खसेको मतमध्ये १४ मत बदर भएका थिए । निर्वाचनमा जम्मा १९ जनाले उम्मेदवारी दिएका थिए । अब बस्ने कार्यसमिति बैठकले थप ४ जनालाई मनोनित गर्दै प्रबन्ध समितिलाई जिम्मेवारी बाँडफाँड सहित पूर्णता दिनेछ ।

 

२०१४ सालमा स्थापना भएको सुदूरपश्चिमकै जेठो पुस्तकालय, कैलाली जनपुस्तकालय २०४० सालसम्म जिल्ला पञ्चायत सभापति पदेन अध्यक्ष हुने व्यवस्था थियो । ०४० सालबाट पुस्तकालयले आजीवन सदस्य बनाउने र तीनैमध्येबाट अध्यक्ष चयन गर्न थालियो । त्यसपछि २०३७ सालमा कैलाली जनपुस्तकालयको पहिलो अध्यक्षको रुपमा साहित्यकार स्व.देवकान्त पन्त भए । आजीवन सदस्यबाट कार्यसमिति बन्न थालेपछि जनपुस्तकालयले गतिविधि बढाउन थाल्यो ।

‘हाल कैलाली जनपुस्तकालयमा दर्ता भएका २५ हजार र विभिन्न दाताबाट संकलन गरिएका ७० हजार गरी ९५ हजार पुस्तक छन्,’ ‘स्थानीय, राष्ट्रिय, दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक, पाक्षिक र वार्षिक गरी सबै जसो पत्रपत्रिकाको पनि भण्डार जनपुस्तकालयसँग छ । ५० वर्षअघिको गोरखापत्र सुरक्षित रूपमा राखिएको छ । बीपी कोइराला धनगढी आएका बेला भिजिटरका रूपमा जनपुस्तकालय पुगेर उनले गरेको हस्ताक्षर पनि सुरक्षित राखिएको छ ।’

त्यसअघि साधारण सभा कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टिएन जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो भने उक्त साभारण सभाका प्रमुख अतिथिको रुपमा सुदूरपश्चिम प्रदेश सरकारका अर्थराज्य मन्त्री प्रकाश बम रहेका थिए । त्यस्तै संस्थाका पूर्व अध्यक्ष,साहित्यकार र पाठकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply