You are currently viewing कैलाली जनपुस्तकालयले आयोजना गरेको खुल्ला हाजिरी जवाफ प्रतियोगीताको उपाधि नवीन कुमार बमको समूहलाई

कैलाली जनपुस्तकालयले आयोजना गरेको खुल्ला हाजिरी जवाफ प्रतियोगीताको उपाधि नवीन कुमार बमको समूहलाई

भाद्र ८,धनगढी

१७ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा कैलाली जनपुस्तकालय धनगढी कैलालीले आयोजना गरेको खुल्ला हाजिरी जवाफ प्रतियोगीतामा २०८१ को
नवीन कुमार बम,आरती अवस्थी र अस्मिता चौधरीको समूह प्रथम भएको छ । यस्तै क्रमश नेत्र बोगटी, मुकेश बोगटी, कुबेर बढाइलाको समूह द्वितीय र
सन्तोष रावल, रणबहादुर साउद, सरोज जोशीको समूह तृतीय भएको छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको प्रविधिमैत्री खुल्ला हाजिरी जवाफ प्रतियोगीतामा धनगढीका १२ समूह सहभागी थिए ।

प्रतियोगीतामा प्रथम हुने समूहले नगद रु ६ हजार प्रमाणपत्र सहित पुरस्कार प्राप्त गरेको छ । प्रथम पुरस्कारको प्रायोजन धनगढी शिवनगरमा रहेको चैतन्य लोकसेवाले गरेको छ । द्वितीय भएको समूहले नगद ४,५०० प्रमाणपत्र सहित पुरस्कार प्राप्त गरेको छ जस्को प्रायोजन कान्तिपुर कलेज काठमाडौँले गरेको थियो भने तृतीय भएको समूहले नगद रु ३००० हजार प्रमाणपत्र सहित पुरस्कार प्राप्त गरेको छ । जो पुरस्कार जन पुस्तकालयले स्वयमले प्रदान गरेको छ । त्यस्तै विजेता तिनै समूहलाई धनगढी हसनपुरमा रहेको समर्पण पुस्तक पसलले एक एक प्रति सामान्य ज्ञान प्रदान गर्ने भएको छ । विजेता तीनओटै समूहलाई आगामी भाद्र १५ गते आयोजना हुने १७ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुरस्कार प्रदान गरिने प्रतियोगीता संयोजक तथा जनपुस्तकालयका सहसचिव शुभाष संकल्प भण्डारीले जानकारी दिए ।

त्यसअघि एक औपचारिक कार्यक्रमका बीच खुल्ला हाजिरी जवाफ प्रतियोगीतामा २०८१ को सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्रीले प्रकाश बहादुर बमले उद्घाटन गरेका थिए । उद्घाटन पश्चात राज्यमन्त्री बमले मान्छे जबसम्म शिक्षित हुँदैन तबसम्म उस्ले न भौतिक विकासको महत्व बुझ्दछ न त प्रयोग नै गर्न जान्दछ त्यसैले मान्छे शिक्षित हुन जरुरी रहेको बताए । उनले युवाशक्ती देशको भविष्य भएको भन्दै देशमै सम्भावना खोज्नुपर्ने र देशको सेवा गर्नुपर्नेमा जोड दिए ।

कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टि.एन.जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्यमन्त्रीले प्रकाश बहादुर बम रहेका थिए । कैलाली जनपुस्तकालयका सचिव टंक प्रसाद जोशीले कार्यक्रमको सञ्चालन गरेका थिए भने कार्यक्रको संयोजकको जिम्मेवारी सह सचिव शुभाष संकल्प भण्डारीले सम्हालेका थिए । त्यस्तै कार्यक्रमको प्राविधिक पाटो कैलाली जनपुस्तकालयका सदस्य हर्क बोहोराले हेरेका थिए ।

Leave a Reply