You are currently viewing कैलाली जनपुस्तकालयले आयोजना गरेको अन्तर मा.वि.वक्तृत्व प्रतियोगितामा एसपिएकी निकिता प्रथम

कैलाली जनपुस्तकालयले आयोजना गरेको अन्तर मा.वि.वक्तृत्व प्रतियोगितामा एसपिएकी निकिता प्रथम

कैलाली जनपुस्तकालयले आफ्नो ६८ औं वार्शिकोत्सव अवसर पारेर शक्रबार अन्तर मा.वि. वक्तृत्व प्रतियोगिता आयोजना गरेको छ । वक्तृत्व प्रतियोगिताको शिर्षक ” सहिदको सपना र रास्ट्र निर्माणमा जेन्जी पुस्ताको भूमिका ” रहेको थियो ।

धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका चौध ओटा विद्यालयहरु सहभागी रहेको प्रतियोगितामा सुदूरपश्चिमान्चल एकेडेमीका निकिता अवस्थी प्रथम, एरिस्टो इङ्लिस बोर्डिङ स्कुलका प्रतिभा जोशी द्वितीय, कैलाली विद्या निकेतनका दीक्षा जोशी तृतीय भएका थिए । प्रतियोगितामा शारदा मा.वि. का जगन्नाथ जोशीले सान्त्वना स्थान ल्याउन सफल हुनुभएको थियो ।

वक्तृत्व प्रतियोगितामा बिजयी हुने बिद्यार्थीहरुलाइ पुस्तकालयको ६८ औं वार्शिकोत्सव समारोहमा यहि माघ २५ गते आइतबारका दिन नगद रु क्रमशः प्रथमलाइ रु ५०००,द्वितीयलाई रु ३०००,तृतीयलाई रु २००० र सान्त्वनालाई रु १००० र प्रमाणपत्र सहित पुरस्कृत गरिने पुस्तकालयका सचिव सुभाष सङ्कल्प भण्डारीले जानकारी गराउनुभएको छ ।

वक्तृत्व प्रतियोगिताको अध्यक्षता कार्यक्रम संयोजक पुस्पराज ओझाले गर्नुभएको थियो भने सञ्चालन साहित्यकार तोयनाथ भट्टले गर्नुभएको थियो । पुस्तकालयका सचिव सुभाष सङ्कल्प भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने अध्यक्ष शिवराज ओझाले धन्यवाद मन्तव्य राख्नुभएको थियो । मन्तव्यको क्रममा अध्यक्ष ओझाले वक्तृत्व प्रतियोगिता सफल बनाउन सहयोग गर्नुहुने साहित्यिक समिती सङ्योजक डिल्ली राज ओझा समर्पण , सदस्यहरु शेरसिंह बिस्ट, खेम बतास, तोयनाथ भट्ट, हेमा जोशी र वक्तृत्व कार्यक्रम सङ्योजक पुस्पराज ओझालाइ धन्यवाद दिनुभएको थियो ।

वक्तृत्व प्रतियोगिताको निर्णायक मण्डलमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयका उपसचिव खगेन्द्र साउँद, कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक बासुदेव बिस्ट र मेलकट्टेश्वर मा। वि। का प्रधानाध्यापक विनोद बहादुर सिंह रहनुभएको थियो ।

सहिद दिवसको अवसरमा विभिन्न कालखण्डमा देशको लागि आफ्नो ज्यान उत्सर्ग गर्ने अमर सहिदहरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै वीर सहिदहरुको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply