धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यु१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगीतामा संघर्ष क्लब गोदावरी र फारवेष्ट पशुपति क्लब धनगढी विजयी भएका छन ।
सनिबार सम्पन्न पहिलो खेलमा संघर्ष क्लब गोदावरीले भजनी क्बल भजनीलाई १२–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगीतामा उत्कृष्ट सुरुवात गरेको छ । पहिलो हाफमा ४ गोल गरेको संघर्ष क्लबले दोश्रो हाफमा थप ८ गोल गर्यो । उसका लागि दुई खेलाडीले ह्याट्रिक गरे । रोहित आउजीले ह्याट्रिक सहित पाँच गोल गरे । उनले खेलको ३३ औं,४९औं,८३औं,८९औं र अतिरिक्त समयमा गरी व्यक्तिगत ५ गोल गरे उनी म्यान आफ दी म्याच पनि चुनिए । त्यस्तै राजेश नेपालीले पनि ह्याट्रिक गरे । उनले पहिलो हाफको ८औं र ४५औं मिनेटमा गोल गरे भने दोश्रो हाफको ७९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यस्तै कप्तान दिपक अधिकारी,मनोज बिसी,तिलक कडायत,सागर बिष्टले समान एक एक गोल प्रहार गरे । भजनी क्बल भजनीका लागि एक मात्र सान्त्वना गोल खेलको ६६ औं मिनेटमा अंकित चौधरीले गरे ।
सनिबार नै सम्पन्न दोश्रो खेलमा धनगढीको फारवेष्ट पशुपति युवा क्लबले बर्दगोरिया स्पोटर्स एण्ड इभेण्टसलाई २ – ० को गोल अन्तरले पराजित गर्दै पहिलो खेलमै जित निकालेको छ । फारवेष्ट पशुपति युवा क्लबले दुवै गोल पहिलो हाफमै गरेको थियो ।

उसकोे जितका लागि प्रदिप बिस्टले खेलमै तेश्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफको ४५औं मिनेटमा कप्तान अमिर सिंहले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । कप्तान अमिरको गोल नै टिमको जितका लागि पर्याप्त भयो । उनी म्यान अफ दी म्याच पनि चुनिए ।

दोश्रो हाफमा अत्यन्तै सुधारिएको खेल प्रर्दशन गरेपनि गोल गर्न नसक्दा बर्दगोरिया स्पोटर्स एण्ड इभेण्टस प्रतियोगीताबाट बाहिरिएको छ ।
कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रष्टको मुख्य प्रायोजनमा सञ्चालन भैरहेको यस प्रतियोगीतामा कैलाली जिल्लाभरका सबै स्थानीय तहका टोली सहभागी छन ।

पौष २६ गतेसम्म सञ्चानल हुने यस प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,आकर्षक ट्रफी र मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुका साथै विधागत रुपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीले पनि नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगीताका निर्देशक हर्क दानपालीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?