You are currently viewing कैलाली जिल्ला फुटबल संघ र धनगढी एफ.सी.ले संयुक्त रुपमा यूथ एकेडेमी सञ्चालनमा ल्याउने,कार्तिकदेखि प्रशिक्षण

कैलाली जिल्ला फुटबल संघ र धनगढी एफ.सी.ले संयुक्त रुपमा यूथ एकेडेमी सञ्चालनमा ल्याउने,कार्तिकदेखि प्रशिक्षण

कैलाली जिल्ला फुटबल संघ र धनगढी एफ.सीले संयुक्त रुपमा यूथ एकेडेमी सञ्चालनमा ल्याउने भएका छन। आइतबार एक समारोहका बिच धनगढी एफ।सी र कैलाली जिल्ला फुटबल संघ बिच धनगढी एफ।सी यूथ एकेडेमी सञ्चालनका लागि सम्झौता भएको छ ।
धनगढी उप-महानगरपालिका र समग्र सुदूरपश्चिम प्रदेशमा फुटबल प्रतिभा पहिचान र प्रवर्द्धन गर्नका लागि धनगढी एफ।सी यूथ एकेडेमीले कार्तिक एक गते देखी कामको थालनी गर्ने भएको छ । धनगढी एफ.सी यूथ एकेडेमी सञ्चालनका लागि धनगढी एफ.सी का तर्फबाट गो ड्रीमर्स प्रा.लि.का अध्यक्ष सुवास शाही र कैलाली जिल्ला फुटबल संघका तर्फबाट अध्यक्ष अनिल मल्लले हस्ताक्षर गरेका छन् ।
कैलाली जिल्ला फुटबल संघको सहकार्यमा युवा फुटबल प्रतिभा पहिचान, प्रवर्द्धन र विकास गर्नको निम्ति धनगढी एफ।सी यूथ एकेडेमी सञ्चालन गर्न गइरहेको धनगढी एफ।सी। ले अब १४ वर्ष मुनि उमेर समूहका फुटबल खेलाडीहरू लाई धनगढी उप(महानगरपालिका वडा नं। १२ जुगेडा स्थित मनकामना युवा क्लबको खेल मैदानमा प्रशिक्षण सञ्चालन गर्ने छ । सम्झौता हस्ताक्षर समारोहमा बोल्दै एन्फाका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला फुटबल संघका तर्फबाट अध्यक्ष अनिल मल्लले धनगढी एफ।सी यूथ एकेडेमीले उदीयमान फुटबल खेलाडीहरूको पहिचान, प्रवर्द्धन र विकास गर्ने, खेलाडीहरूलाई आर्थिक सहयोग तथा शैक्षिक अवसर प्रदान गर्दै उनीहरूको भविष्य सुनिश्चित गर्ने, स्थानीय स्तरबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न योग्य बनाउने, धनगढी एफ।सीको टिममा विभिन्न खेल खेल्न मौका दिने लगाएका काम गर्ने बताए ।
यस्तै, गो ड्रिमर्स तथा धनगढी एफ.सीका अध्यक्ष सुवास शाहीले यो सम्झौता सँगै धनगढी यूथ एकेडेमीले स्थानीय फुटबल संघ र विद्यालयहरूसँग सहकार्य गरी प्रतिभाशाली युवा खेलाडीहरूको पहिचान, कोचिङ क्लिनिकहरू अन्तरगत अनुभवी प्रशिक्षकहरूको सहयोगमा खेलाडीहरूको सीप अभिवृद्धि गर्ने, स्थानीय मैदानहरूमा आवश्यक सुधार गरी खेल प्रशिक्षणको गुणस्तर बढाइने, शैक्षिक छात्रवृत्ति प्रदान गरी खेल र शिक्षालाई सँगै अघि बढाउन सहयोग पुर्‍याउने लगायतका कामहरू गर्ने बताए । यसका साथै धनगढी एफ।सी यूथ एकेडेमी परियोजनाले संकल्प गरेका उद्देश्यहरू सफल पार्न र सुदूरपश्चिम प्रदेशको फुटबल तथा समग्र खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सम्पूर्ण सरोकारवालाहरू लाई सहयोग र सहकार्यको लागि अपिल गरेको छ ।

Leave a Reply