फाल्गुन ०३,धनगढी : तेश्रो संस्करणको कैलाली प्रिमियर लिग फाल्गुन ७ गतेदेखि सुरु हुने भएको छ । आयोजक जिल्ला क्रिकेट संघ कैलालीले शनिबार विज्ञप्ती जारी गर्दै खेल तालिका पनि सार्वजनिक गरेको हो । फाल्गुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगीताको उद्घाटन खेलमा गोदावरी नगरपालिकाको टिम र शुक्लाफाँटा नगरपालिकाको टिम भिड्नेछन ।
जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा धनगढीको फाप्ला खेल मैदानमा आयोजना हुने कैलाली प्रिमियर लिग सिजन ३ मा प्रदेश भरीका जम्मा १२ टोलीले सहभागिता जनाउँदैछन । समूह ए मा गोदावरी,पुर्नवास ए र शुक्लाफाँटा नगरपालिका,समूह बी मा घोडाघोडी,जोरायल र पुर्नवास नगरपालिका बी,समूह सी मा त्रीवेणी गाउँपालिका,वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका,लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।
प्रतियोगीताको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएले गरेको छ । लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ ।
प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ / १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ ।