You are currently viewing कैलाली प्रिमियर लिग –३  : घोडाघोडी विरुद्ध दिपक बोहराको शतक र टेक रावतको अर्धशतक /@KPL-3

कैलाली प्रिमियर लिग –३ : घोडाघोडी विरुद्ध दिपक बोहराको शतक र टेक रावतको अर्धशतक /@KPL-3

फाल्गुन ०७,धनगढी: फाप्लामा जारी कैलाली प्रिमियर लिग –३ को दोश्रो खेलमा पुनर्वास नगरपालिका बी ले घोडाघोडी नगरपालिका विरुद्ध १८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

निर्धारित १६ ओभरको खेलमा २ विकेटको क्षतीमा १८६ रन बनायो । पुनर्वास नगरपालिका बी का लागि ओपनर ब्याटर दिपक बोहराले शतक हिर्काए । ५२ बल सामना गरेका उनले ८ छक्का र ६ चौकाको मद्दतले अविजित १०० रन बनाए । त्यस्तै टेक रावतले अर्धशतक हिर्काए ।

उनले ३२ बलमा ५ चौका र ४ छक्काको मद्दतले अविजित ६५ रन बनाए । पुनर्वास नगरपालिका बी का लागि अभिषेक पालले २ तथा कप्तान बिपिन रावलले ७ रन बनाए । घोडाघोडी नगरपालिकाका लागि कप्तान गोविन्द बिस्ट र चेतराज भण्डारीले समान एक एक विकेट लिए ।

 

 

Leave a Reply