You are currently viewing कैलाली प्रिमियर लिग –३ : दिपक बोहराले शतक हिर्काएपछि घोडाघोडी विरुद्ध पुनर्वास बी को विशाल जीत /@KPL-3

कैलाली प्रिमियर लिग –३ : दिपक बोहराले शतक हिर्काएपछि घोडाघोडी विरुद्ध पुनर्वास बी को विशाल जीत /@KPL-3

फाल्गुन ०७,धनगढी : फाप्लामा जारी कैलाली प्रिमियर लिग –३ को दोश्रो खेलमा पुनर्वास नगरपालिका बी ले घोडाघोडी नगरपालिकालाई १०९ रनले पराजित गर्दै प्रतियोगीतमा उत्कृष्ट सुरुवात गरेको छ । पुनर्वास नगरपालिका बी ले प्रस्तुत गरेको १८७ रनको लक्ष्य पछ्याउने क्रममा घोडाघोडी नगरपालिकाले निर्धारित १६ ओभरको खेलमा ४ विकेट गुमाउँदै ७४ रन मात्र बनाउन सक्यो ।

घोडाघोडी नगरपालिकाका लागि कप्तान गोविन्द बिस्टले सर्वाधिक १९ रन बनाए । त्यसैगरी सुंधाशु रावल अविजित १४ रन,विशाल बिस्ट १२ र जिवन थलालले १० रनको योगदान दिए । पुनर्वास नगरपालिका बी का लागि बसन्त सिंह कार्की,बिक्रम ठगुन्ना,सागर भण्डारी र सचिन भट्टले समान एक एक विकेट लिए । त्यसअघि फाप्लामा टस जितेर पहिला ब्याटिङ रोजेको पुनर्वास नगरपालिका बीले निर्धारित १६ ओभरको खेलमा २ विकेटको क्षतीमा १८६ रन बनायो । पुनर्वास नगरपालिका बी का लागि ओपनर ब्याटर दिपक बोहराले शतक हिर्काए ।

५२ बल सामना गरेका उनले ८ छक्का र ६ चौकाको मद्दतले अविजित १०० रन बनाए । त्यस्तै टेक रावतले अर्धशतक हिर्काए । उनले ३२ बलमा ५ चौका र ४ छक्काको मद्दतले अविजित ६५ रन बनाए । पुनर्वास नगरपालिका बी का लागि अभिषेक पालले २ तथा कप्तान बिपिन रावलले ७ रन बनाए । घोडाघोडी नगरपालिकाका लागि कप्तान गोविन्द बिस्ट र चेतराज भण्डारीले समान एक एक विकेट लिए । खेलमा शतक हिर्काएका दिपक बोहरा म्यान अफ दी म्याच चुनिए ।

धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । पहिलो संस्करण कैलालीको टिकापुर नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका,पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका,समूह बी मा घोडाघोडी नगरपालिका,जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी,समूह सी मा त्रीवेणी गाउँपालिका,वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका,लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।

लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।

 

 

 

Leave a Reply