You are currently viewing कैलाली प्रिमियर लिग –३ : सुरज तिरुवाको अलराउण्ड प्रर्दशनमा शुक्लाफाँटाको पहिलो जित /@KPL-3

कैलाली प्रिमियर लिग –३ : सुरज तिरुवाको अलराउण्ड प्रर्दशनमा शुक्लाफाँटाको पहिलो जित /@KPL-3

फाल्गुन ०८,धनगढी : धनगढीको फाप्ला खेल मैदानमा जारी कैलाली प्रिमियर लिग –३ शुक्लाफाँटा नगरपालिकाको टिमले पहिलो जित हाँसिल गरेको छ । पुनर्वास नगरपालिका ए लाई ६ विकेटले पराजित गर्र्दै प्रतियोगीतामा पहिलो जीत निकालेको छ ।

पुनर्वास नगरपालिका ए ले दिएको १५५ रनको लक्ष्य शुक्लाफाँटा नगरपालिकाले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । शुक्लाफाँटा नगरपालिकाका लागि सुरज तिरुवाको अलराउण्ड प्रर्दशन गरे । उनले बलिङ तर्फ २ विकेट तथा ब्याटिङ तर्फ अविजित ५३ रन बनाए । उनी म्यान अफ दी म्याच चुनिए । शुक्लाफाँटा नगरपालिकाका लागि निराजन गौतम र अशोक बिस्टले आक्रामक इनिङ खेले । गौतमले २४ बलमा ३७ तथा बिस्टले १४ बलमा ३१ रन बनाए । त्यस्तै लोकेश जोशीले १३ तथा अशोक धामीले अविजित ७ रन बनाए । पुनर्वास नगरपालिका ए का लागि पारस शाहीले २ तथा निरज ऐर र सन्तोष दियालले समान एक एक विकेट लिए ।

MOHAN Photography

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पुनर्वास नगरपालिका ए टिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । पुनर्वास नगरपालिका ए का लागि कप्तान अविनास सिंह र संदिप भण्डारीको जोडीले ६८ रनको साझेदारी गरेको थियो । भण्डारीले ४२ रन कप्तान सिंहले ३९ रन ,पारस शाहीले २८ रन बनाएका थिए भने पारस सुनार १३ रनमा अविजित रहे । अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन । शुक्लाफाँटा नगरपालिकाका लागि कैलाश ऐर र निराजन गौतमले समान दुई दुइ तथा सुरज तिरुवा र अशोक धामीले समान एक एक विकेट लिए ।

धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । पहिलो संस्करण कैलालीको टिकापुर नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका,पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका,समूह बी मा घोडाघोडी नगरपालिका,जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी,समूह सी मा त्रीवेणी गाउँपालिका,वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका,लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।

MOHAN Photography

लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply